
२७ कात्तिक, काठमाडौँ । कार्तिक कृष्ण औँसीका अवसरमा आज गाईको पूजाआजा गरी गाई तिहार मनाईएको छ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज परेको गाईतिहारमा पशुपतिको गौशाला धर्मशालामा पालिएको गाईलाई पूजा गर्नेको घुँइचो देखियो । उनीहरुले गाईको पूजा गरी गाईलाई भोजन गराएका छन् । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

राष्ट्रिय जनावर गाईलाई श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन (आज) गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ। कार्तिक कृष्ण औँसीका अवसरमा आज गाईको पूजाआजा गरी गाई तिहार मनाईएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गर्नुभएको छ । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिनुभएको हो । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन मङ्गलबार गोरुपूजा/गोवद्र्धन पर्वतको पूजा गर्ने परम्परा छ ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज परेको गाईतिहारमा पशुपतिको गौशाला धर्मशालामा पालिएको गाईलाई पूजा गर्नेको घुँइचो देखियो । उनीहरुले गाईको पूजा गरी गाईलाई भोजन गराएका छन् ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । राष्ट्रिय जनावर गाईलाई श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र ९डोरो० गाईतिहारकै दिन ९आज० गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ।