छठ घाटमा दुर्व्यवहार गरिएको भन्दै मेयर आक्रोशित

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाएको हो ।

छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर ब्रतालुहरु र सर्वसधारणलाई जनप्रतिनिधिहरुले भेटघाट तथा शुभकामना आदान–प्रदान गर्छन् । मेयर साह र उपमेयर यादव पनि भेटघाट तथा शुभकामना आदान-प्रदान गर्नकै लागि धेरै छठ घाटहरु घुम्ने क्रममा वडा ८ मा विवाद भएको बुझिएको छ ।

%d