इन्सपेक्टर हुँदैमा अनुसन्धानमा निकै खारिएका अनि जनप्रेमी डिएसपी गोविन्द पन्थीलाई “बेस्ट पुलिस अफ द मन्थ” को उपाधीबाट सम्मानित

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्तिक महिनामा सबैभन्दा राम्रो काम गरेको भन्दै प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीलाई सर्वोत्कृष्ट घोषणा गर्दै बेस्ट पुलिस अफ द मन्थको उपाधीद्वारा सम्मान गरेको छ ।

उक्त कार्यालयले उपत्यकाका तीन जिल्लाको घटित अपराधको अनुसन्धान एवम् अपराध रोकथाममा भूमिका निर्वाह गर्दै आएको छ ।
डिएसपी पन्थीले उक्त कार्यालयको पिलर ८ को जिम्मेवारी सम्हाल्दै आएका छन् । उक्त पिलरले वैदेशिक रोजगारमा ठगी अपराधको अनुसन्धान एवम् कारबाही गर्दै आएको छ । उक्त पिलरको जिम्मेवारी पन्थीले सम्हाले पश्चात धेरै पीडितहरूले न्याय पाउनुका साथै ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याएका थिए ।

पछिल्लो पटक भिजिट भिसामा बैदेशिक यात्रा तथा बैदेशिक रोजगारका क्रममा कागजपत्र शंकास्पद भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका ब्यक्तिहरूका कागजात नक्कली बनाउने गिरोहलाई  पन्थीको नेतृत्वमा रहेको टोलिले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

उक्त गिरोहबाट ठूलो मात्रामा नक्कली सर्टिफिकेट, प्रहरी रिपोर्ट, विभिन्न सरकारी छाप लगायतका कागजात बरामद गरी प्रहरीले सार्वजनिक समेत गरेको थियो । उक्त कार्यालयको नेतृत्व हाल एसएसपी सोमेन्द्र सिंह राठौरले गरिरहेका छन् ।

विदेश जान लागेका व्यक्तिका कागजात शङ्कास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएकामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीको टोलीले उक्त कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको थियो ।

उपत्यका अनुसन्धान कार्यालयले पछिल्ला दिनमा भिजिट भिसामा अनुसन्धान थालेसँगै हाल भिजिट भिसामा विदेश जानेको संख्या ह्वात्तै घटेको छ भने अध्यागमनमा सेटिङ मिलाउने एयरलाइन्सका कर्मचारी आफू कतिखेर तानिने हो भन्दै त्रासैत्रासमा रहेको स्रोतले बतायो । विमानस्थलमा कार्यरत केही प्रहरी कर्मचारी समेत भिजिट भिसाको अनुसंधान सुरु गरिएपछि राजिनामा दिएको खुल्न आएको छ ।

डिएसपी पन्थी तत्कालीन निरा हत्या प्रकरणमा उत्कृष्ट अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूको टिममा समावेश भइ पुरस्कृत भएका थिए ।  गत बैशाख ७ गते मातातीर्थ औंसीका दिन ३५ वर्षीया निरा आचार्य आफ्नै भाँडा पसलमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन । पसलमा आइपुगेका व्यक्तिले देखे पछि उक्त घटना सार्वजनिक भएको थियो ।

डिएसपी पन्थी तत्कालीन निरा हत्या प्रकरणमा उत्कृष्ट अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूको टिममा समावेश

अर्घाखाँची जिल्ला माइती भइ बाग्लुङ बडिगाड ५ घर भएकी ३५ वर्षीया निरा पाण्डे आचार्यको २०८० साल बैशाख ७ गते काठमाडौँको कपन–६ सरस्वतीनगरमा उनको निरु किचन पसलमा दिनको करिब ३ बजे विभत्स हत्या गरिएको थियो । उक्त घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट (एसएसपी) हिमालय कुमार श्रेष्ठको संयोजकमा परिसर काठमाडौ र उपत्यका अपराध अनुसंधान प्रहरी अधिकृत सम्मिलित एक टोलि र सिआइबी प्रमुख किरण ब्रजाचार्यको संयोजकत्वमा काठमाडाैं  परिसर प्रमुख दान बहादुर कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज कुमार केसी सम्मिलित टोली समेत गठन भै अनुसन्धान अगाडि बढाइएको थियो।

 

हुन त ! प्रहरी भन्ने बितिकै, नाँक खुम्चाउने नेपालीहरू प्रति यो तत्कालिन घटनाका अभियुक्त विश्वकर्मा पक्राउ पर्दा “निभ्न लागेको दियो पनि यति धरै प्रकाश दिन्छ र” भन्ने आसा जागेको र  नेपाल प्रहरीले छवि बढाएकाले प्रहरी कर्मचारी पुरस्कृत हुँदा अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक सन्देश जाने भन्दै अनुसंधानमा सङ्लग्न डिएसपीहरू गोविन्द पन्थी, अनिल घिमिरे, सत्य थापा, किरण नेउपाने, प्रहरी निरीक्षक निर्मल थापा, एवम् जुनियर प्रहरी अधिकृतहरू अमिर मान श्रेष्ठ, गणेश बोगटी, जनक गिरी, राम बहादुर कुँवर लगायतका प्रहरी कर्मचारीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पुरस्कृत गरेको थियो ।

  • फिल्मी शैली दुर्घटना: तत्कालिन महानगरीय प्रहरी प्रभाग पुल्चोक इन्सपेक्टर पन्थीको सफल अपरेसन !
तत्कालिन महानगरीय प्रहरी प्रभाग पुल्चोक इन्सपेक्टर पन्थी

आइतबार, ०२ पुस २०७४ मा मध्यराती पुल्चोकमा फिल्मी शैलीको दुर्घटनामा पनि तत्कालिन महानगरीय प्रहरी प्रभाग पुल्चोकका इन्सपेक्टर पन्थी ड्युटीमै खटिएका थिए ।  शनिवार मध्यरातमा यस्तो खबर आफ्नो मातहतको एरियामा ठूलो दुर्घटना भएको खबर सुन्नासाथ पन्थी घट्नास्थलतर्फ हुँइकिएकी हाले !

घाइतेलाई पाटन अस्पताल पठाएर कुपण्डोल र पुल्चोक एरियामा चेकजाँच गर्दा दुर्घटना गराउने सवारीको पहिचान खुल्न सकेन् । केहि समय उनि निराश देखिन्थे । पन्थी ड्युटी मै थिए । आधा घण्टापछि दुई युवाहरू घटनास्थलमा आए । सड्कमा रगत बगेको भिडियो खिच्दै प्रहरीलाई सोधे । ‘रगत कहाँबाट आयो ? बाटोमा किन यत्ति धेरै खाल्डाखुल्टी ?’

अनुसन्धानमा काविल अफिसरको छवि बनाएका ईन्सपेक्टर पन्थीले दुवै युवा अनिस भण्डारी र आवास पोखरेललाई नियन्त्रणमा लिएर खानतलासी शुरु गरे, त्यतिन्जेल रातको ११ः ३० भैसकेको थियो ।

‘उनीहरूले मादक पदार्थ सेवन गरेका थिए । हिँड्दै मिनभनव जान लागेको भनेपछि शंका बढ्यो’ ईन्सपेक्टर पन्थीलाई । ‘सर्च गर्दा अनिसको गोजीमा गाडीको साँचो भेटिएको थियो !’ शनिवार राती नै प्रहरीले ज्वागलको गल्लीमा बा ४ प ६३३२ नम्बरको साँचो फेला पार्न सफल भैसकेको थियो । अनिसको गोजीमा भेटिएको साँचोले उक्त कार स्टार्ट भएसँगै पुल्चोक प्रहरीले उनीहरू उपर मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाएर कार्वाही गरेको थियो ।

  • तत्कालिन महानगरीय प्रहरी प्रभाग साँखु इन्सपेक्टर पन्थीलाई ‘बुलेटको क्लू’ ले दिलाएको अर्को सफलता

मंगलबार, २३ भदौ २०७७ का दिन सिन्धुपाल्चोकका ४५ वर्षीय ज्ञानेन्द्रप्रसाद खतिवडा शंखरापुर नगरपालिका–३ स्थित लप्सेफेदीको जंगलमा लुटिएका थिए । मंगलबार बिहान २ बजेतिर सिन्धुपाल्चोकबाट कुखुरा बोकेको गाडीसँगै मोटरसाइकलमा आएका खतिवडालाई ४–५ जनाको समूहले घेरा हाले ।

‘बुलेट मोटरसाइकलको क्लू’, जसले पत्ता लाग्यो लप्सेफेदी जंगलका लुटेरा

जंगल सुनसान थियो। बाटो छेकेर कुटे अनि, उनको साथमा रहेको २५ हजार लुटेर भागे । ज्ञानेन्द्र केही बोल्न सकेनन् । महानगरीय प्रहरी प्रभाग साँखुमा पुगेर उनले उजुरी गरे । महानगरीय प्रहरी प्रभाग साँखुले लुटपाट भएको १२ घण्टा नबित्दै आरोपीलाई पक्राउ ग¥यो । लुटपाटमा संलग्नमध्ये ३ जनालाई पक्राउ गर्यो । त्तकालिन महानगरीय प्रहरी प्रभाग साँखुका इन्सपेक्टर थिए गोविन्द पन्थी ।

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–१ चौकीभञ्ज्याङ बस्ने २४ वर्षीय अनिल लामा, बागबारस बस्ने २३ वर्षीय पेम्वा लामा र जर्सिङपौवा बस्ने २३ वर्षीय वीरेन्द्र वाईवा छन् । ज्ञानेन्द्र आफ्नो फर्मको कुखुरा बिक्री गर्न गाडी पछिपछि मोटरसाईकलमा काठमाडौंतर्फ आउँदै थिए ।

ज्ञानेन्द्रले लुटपाटमा संलग्न कसैलाई चिनेका थिएनन् । उनले यत्तिमात्रै सम्झन सके– ‘लुटेरा बुलेट मोटरसाइकल चढेर आएका थिए ।’ लप्सेफेदीको जंगलमा घाङ्ग्री रिसोर्ट चलाउने सञ्जय घलान बुलेट चढेर हिँड्थे । सो क्लूका आधारमा प्रहरीले घलानलाई खोज्यो ।
घलान फरार भएको कुरा सुईको पाएपछि प्रहरी उनको लिङ्कका मान्छे खोज्न थाल्यो । सो क्रममा ३ जना पक्राउ परेका थिए । त्यो एरियामा बुलेट मोटरसाइकल चढ्ने घलेसहित ३ जना मात्र थिए ।

प्रहरीले सोही सुराकको आधारमा लुटपाटमा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको थियो । लुटपाटमा एउटा मात्र बुलेट प्रयोग भएको बताइयो । घटनामा संलग्नहरू विगतमा पनि सो क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न भएका आधारमा प्रहरीले  निगरानी कासाथ आफ्नो मिसनमा सफल भएका थिए ।

इन्सपेक्टर हुँदैमा अनुसन्धानमा निकै खारिएका अनि जनप्रेमी डिएसपी गोविन्द पन्थीलाई “बेस्ट पुलिस अफ द मन्थ” को उपाधीबाट सम्मानित हुँदा “निभ्न लागेको दियोले पनि यति धरै प्रकाश दिन्छ र” भन्ने सिङ्गो प्रहरी संगठनलाई आभास दिलाएको छ ।

%d