युद्धको अन्त्य र शान्तिको कामना गर्दै बौद्ध स्तूप अगाडि शान्ति समाजको प्रदर्शन

युद्धको अन्त्य र शान्तिको कामना गर्दै बौद्ध स्तूप अगाडि  मानवअधिकार तथा शान्ति समाजले    प्रदर्शन गरेको छ ।

मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाले युद्ध निषेध : शान्ति विशेष अभियान अन्तर्गत आज फागुन ११ गते रुसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पुगेको दिन र इजरायल हमास युद्धको १२८ दिनका सन्दर्भमा शान्तिको कामना गर्दै काठमाडौको बौद्ध स्तुपमा धर्ना प्रदर्शन कार्यक्रम सम्पूर्ण गरेको छ ।

कार्यक्रममा इजरायल मानवता विरुद्धको अपराध बन्द गर, हमास आतंकबाद बन्द गर, रुस अति भो युद्ध तत्काल अन्त गर, रुस युद्ध रोक शान्ति रोज, हमास : बिपिन जोशी लगायत बन्धक बनाएका सबैलाई बिना सर्त रिहा गर लगायतका नारा लेखिएका प्ले कार्डहरुको प्रदर्शन गरिएको थियोे ।

कार्यक्रम शान्ति समाजका केन्द्रिय सभापति रामकृष्ण बराल उपस्थिति रहेको थियो भने शान्ति समाज काठमाडौ शाखा सभापति भगवान पुडासैनीले सभापतित्व गर्नु भएको उत्त कार्यक्रममा उपस्थित सबैलाई शाखा सचिव सार्जन चापागाईंले धन्यवाद दिनु भएको थियो ।