कडा सुरक्षा घेरा भएको संसद् परिसरमा कसरी प्रवेश गरे लघुवित्तपीडितहरू

काठमाडौँ । निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गरेको आरोपमा प्रहरीले केही लघुवित्त ऋणीहरूलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीका अनुसार ४ जनालाई संसद् भवनभित्रबाट र ४५ जनालाई निषेधित क्षेत्र तोडेको आरोपमा नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ४९ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको उनले नागरिक न्युजलाई जानकारी दिए ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नाराबाजी गरेका थिए । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरू सोमबार संसद् भवनभित्रै प्रवेश गरी प्रदर्शन थालेको हुन् ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर लघुवित्त ऋणीहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका हुन् । उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।

कडा सुरक्षा घेराभित्र रहने सङ्घीय संसद् भवन परिसरमै प्रवेश गरेर लघुवित्तपीडितहरूले प्रदर्शन र नाराबाजी गरेका छन्।

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा झन्डै तीन दर्जन प्रदर्शनकारीहरू प्रवेश गर्दा भित्र राष्ट्रिय सभाको बैठक चलिरहेको संसद् सचिवालयका प्रवक्ताले बीबीसी न्यूज नेपालीलाई जानकारी जानकारी दिएका छन्।

प्रदर्शनकारीहरूले संसद् भवनको मुख्य द्वारअघि नाराबाजी गरेर आफ्ना मागबारे सांसदहरूको ध्यानाकर्षण गराएका थिए। लघुवित्तका कारण आफूहरू मर्कामा परेको भन्दै विभिन्न जिल्लाबाट आएका दर्जनौँ मानिसहरूले गत सातादेखि राजधानीका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।

“भवनको परिसरभित्र प्रवेश गर्न खोज्ने केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,” काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले भने।

  • सहकारीमा फस्यो ‘जीवनभरिको’ कमाइ, सरकारले सहमति गर्‍यो, ‘कार्यान्वयन गरेन’
  • रवि लामिछानेको नाम मुछेर दर्ता भएको उजुरीमा सहकारी विभाग के गर्दै छ

प्रहरीले संसद् सचिवालयलाई दिएको जानकारीअनुसार यसरी प्रवेश गर्ने प्रदर्शनकारीहरू ३५ जनाजति थिए।