गृहमन्त्रीकै प्रश्न : टीआरसी विधेयक किन पारित भइराखेको छैन ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक’ पारित हुनमा बिलम्ब भएको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्यायसँग जोडिएको यो विधेयक किन अड्किएको छ भनी बोल्न सांसदहरुलाइ समेत आग्रह गरेका छन् । यो विषय राष्ट्रिय सहमति कायम गर्नुपर्ने विषय भएको र सहमतिका लागि सबै पक्ष तयार हुनपर्नेमा उनको जोड छ ।

‘…प्रतिपक्षले पनि राष्ट्रिय आवश्यकतामा सन्दर्भमा सहमति कायम गरेर अगाडि बढ्नुपर्ने विषयहरुलाई सहमतिको विषय बनाउनुपर्छ’ गृहमन्त्री श्रेष्ठले भने, ‘तपाईं हामी सबै बोल्नुपर्यो टीआरसी विधेयक किन पारित भइराखेको छैन ? किन अड्काइराखको छ ?’