मिटर ब्याजका सात सय ७९ जनाको मिलापत्र

बारा । अनुचित लेनदेन (मिटर ब्याजको) अहिले सम्म ७ सय ७९ जनाको उजुरी  मिलापत्र, सहमति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

२०८० साल वैशाख १७ गते देखि जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी लिने काम शुरु गरिएकोमा ३ हजार ३ सय २२ वटा उजुरीहरू दर्ता भएको थियो प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

२०८० साल १७ गते देखि ८० साल माघ महिनाको अन्तिम सम्ममा ६ सय ७५ र २०८० साल फागुन १ गते देखि अहिले सम्म १ सय ४ वटा उजुरी माथि छलफल, समन्वय, सहकार्य गरि मिलापत्र गराइएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

उजुरी पर्दा खेरी २३ करोड ९२ लाख ३१ हजार ७ सय ८२ रुपैयाँको दाबी  उजुरीमा गरिएको थियो भने प्रहरीले विभिन्न माध्यमबाट सहमति, मिलापत्र मार्फत १५ करोड ११ लाख ३७ हजार ४ सय ११ रुपैयाँ दिलाएको उहाँले बताउनुभयो ।

सहमति मार्फत ८३ वटा गरि २१ बिगाहा १५ कठा  १६ धुर जग्गा फिर्ता गराएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए । आएको उजुरीको बारेमा दुवै पक्षलाई उपस्थित गराई सत्यतथ्य बुझी, सहजीकरण गरि समस्या सुनवाई गरि समाधान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।