टेरामक्समा सबैको बयान लिइसकेको अख्तियार प्रमुखको दाबी, अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको अनुसन्धान सकिएको बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा अख्तियार प्रमुख राईले बयानको अनुसन्धान र विश्लेषण भइरहेको बताए । उनले भने, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । केही समयभित्रै रिजल्ट आउनसक्छ ।’

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध कल वाइपासको अनुगमन गर्न खरिद गर्न लागेको टेरामक्स प्रविधिमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन गरिरहेको छ । यो प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि बयान लिएको छ ।

टेरामक्स प्रकरणमा तत्कालीन सूचना तथा संचार प्रविधिमन्त्री बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन संचारमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीसँग बयान लिएको थियो ।

अख्तियार प्रमुख राईले आयोगमा २८ हजार उजुरी रहेको जानकारी दिए । उनले तिमध्ये कतिपय उजुरीका आधारमा मुद्दा दायर गरिएको पनि बताए । अख्तियारले सार्वजनिक जग्गा, प्रति जग्गामा मुद्दा लडेको पनि बताए । सार्वजनिक जग्गा अतिक्रमण बढ्दो देखिएको पनि उनको भनाइ थियो । त्यस्तै, आईटी, सूचना प्रविधिमा पनि अनुसन्धान भइरहेको उनको भनाइ थियो ।

अख्तियारमा जनशक्ति अभाव रहेको पनि राईले बताए । उनले कर्मचारी अख्तियारमा दुई वर्ष बसेपछि थप बस्न नमान्ने गरेको बताए । त्यस्तै, वाइडबडी जहाज खरिद प्रकरणको अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए । उक्त प्रकरणमा अन्य मुलुकबाट सूचना लिनका लागि सम्बन्धित देशसँग सरकारले सहमति गरिदिनुपर्ने बताए । मुलुक बाहिरबाट पनि भ्रष्टाचार हुने गरेकाले सरकारले द्वीपक्षीय सहमति गर्नुपर्ने उनको भनाइ थियो ।

सूचना प्रविधिको खरिद तथा विस्तारमा अख्तियारले देखेको भ्रष्टाचार

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधिसँग सम्बन्धित बस्तु तथा सेवा खरिद र विकास गर्ने कार्यमा भ्रष्टाचार बढेको भन्दै सम्बद्ध निकायलाई १० बुँदे निर्देशन पठाएको छ ।

गत माघ २५ गते नै अख्तियार विज्ञप्तिमार्फत सूचना प्रविधि सम्बन्धी सेवा र बस्तु खरिदमा व्यापक भ्रष्टाचार भएको देखिएको भन्दै १० वटा निर्देशन पठाएको थियो ।

यस्तो छ १० बुँदे निर्देशन