पाही इन्भेष्टमेन्टद्वारा जया कलेजमा लगानीकर्ता शेयर सचेतना

पाही इन्भेष्टमेन्टद्वारा जया कलेजमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम समपन्न गरेको छ।

पाही इन्भेष्टमेन्टले बुधवार गोकर्णेश्वर  माकलबारीमा रहेको जया मल्टिपल कलेजमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न गरेको हो  ।
कलेजमा अध्यनरत विद्यार्थीहरुलाई शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा जानकारी दिईएको छ । शेयर बजारमा सचेत भएर लगानी गर्ने सम्बन्धी जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो ।


पाही इन्भेष्टमेन्ट प्रा.लिका कार्यकारी अधिकृत कमल धिताल र कारोबार अधिकृत रन्जन पौडेलले शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै प्रशिक्षण दिएका थिए ।

 

पाही इन्भेष्टमेन्ट प्रा.लिले लामो समयदेखि धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरूलाई लक्षित गरी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्दै आएको पाही इन्भेष्टमेन्टका अधिकृत धितालले बताएका छन् । उनले लगानीकर्ता शेयर सचेतना कार्यक्रम र निःशुल्क डीम्याट खाता अभियान संचालनलाई निरन्तरता दिदै जाने बताए ।

कार्यक्रममा जया मल्टिपल कलेजका क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले विद्यार्थीहरुका लागि यस्ता प्रशिक्षणहरुले सिकाइमा थप सहयोग पुग्ने बताए । यस्ता कार्यक्रमबाट विद्यार्थीहरुले नेपालको सेयर बजार ,लगानीका फाइदा र बेफाइदा बारे नजिकबाट सिक्ने मौका पाएकोमा खुसि व्यक्त गरे ।