तीन मन्त्रीले लिए शपथ

काठमाडौं । नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्त गरेका छन् । नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल नियुक्त गरेका हुन् ।

नव नियुक्त तीनै जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । उनीहरुको जिम्मेवारी अहिले तोकिएको छैन ।

तीनै जना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन् । माओवादीका हितबहादुर यसअघि खेलकुद मन्त्री भएका थिए । यस्तै एमालेका पदम गिरी २०७९ पुसदेखि केबल ३२ दिन स्वास्थ्यमन्त्री भएका थिए । रास्वपाका अर्याल पनि त्यही बेला श्रममन्त्री बनेका थिए ।