“नेपाल बोटल वाटर उद्योग संघको अध्यक्षमा टक्कर” गौतम VS लिम्बु कसले मार्ला बाजी ?

काठमाडौँ । नेपाल बोटल वाटर उद्योग संघको ७ औं अधिवेशन यही फागुन २६ र २७ गते काठमाण्डौंमा हुँदै छ । संघको अधिवेशनले नयाँ कार्यसमिति समेत गठन गर्ने छ ।

भद्र सहमतिलाई लत्याउँदै संघका वर्तमान अध्यक्ष ध्रुब बहादुर गौतमले बरिष्ठ उपाध्यक्ष बिक्रम लिम्बु चेमजोङलाई अध्यक्षमा नसघाउने र पुन: दोहोरिन चाहेपछि बरिष्ठ उपाध्यक्ष बिक्रम लिम्बु चेमजोङ पनि अध्यक्षको आकाक्षी भएकाले निर्वाचन मार्फत कार्यसमिति चयन हुने भएको छ । यस्तो अवस्थामा गौतम र लिम्बुको भिडन्त निकै रस्साकशी हुने देखिन्छ।

अघिल्लो दुइ वर्षको कार्यकालमा बरिष्ठ उपाध्यक्ष बिक्रम लिम्बु चेमजोङले  गौतमलाई सघाउने र पछिल्लो दुई वर्षको कार्यकाल लिम्बुलाई दिने भद्र सहमति भएको र गौतम पछि नहटेपछि यतिबेला कार्यसमिति गठन गर्ने सन्दर्भमा संघका वर्तमान अध्यक्ष ध्रुब बहादुर गौतमले आफ्नो पक्षको समान्नतर बैठक बसाल्दै समान्नतर हिसावले अगाडी बढेको एक पानी कम्मपनी सञ्चालकले जानकारी गराए ।

उता अध्यक्षको दाबेदार रहेका वर्तमान बरिष्ठ उपाध्यक्ष बिक्रम लिम्बु चेमजोङ भने सहमतिकै पक्षमा जान जोड गरिरहेका छन् । यद्यपी गौतमले सहमती कार्यान्वयन गर्ने अवस्था देखिएको छैन । त्यस्तो अवस्थामा निर्वाचन मार्फत बरिष्ठ उपाध्यक्ष बिक्रम लिम्बु चेमजोङ नै संघको अध्यक्षमा निर्वाचित हुने सम्भवना देखिन्छ । लिम्बुको पक्षमा उद्योगीको मत जायर पनि ठिकै रहेको छ ।

सदस्यता नवीकरण नगरेका उद्योगलाई मतदानमा भाग लिन नदिने संघले जनाएको छ। हाल देशभर संघमा  ५८० भन्दा बढि उद्योग आवद्ध रहेका छन् । गौतमले निर्वाच घोषणा गरेर आफ्नो प्यानल समेत बनाएका छन् भने अध्यक्षका अर्का प्रत्यासी बिक्रम लिम्बु चेमजोङले पनि प्यानल मार्फत आफ्नो १० बुँदे एजेण्डा बनाएर निर्वाचनको तयारी थालेका छन् ।

संघका वर्तमान अध्यक्ष ध्रुब बहादुर गौतमले स‌ंघको पैसा गैरकानुनी हिसाले अपचलन गरेको उनीमाथी आरोप लाग्दै आएको  नेपाल बोटल वाटर उद्योग संघकै पदाधिकारीहरु नै बताउँछन् । गौतमको संघमा निकै आलोचना भएपछि ५ महिना पछि सापटी लिएको भन्दै श्रीमतीको नाममा रहेको चेकमार्फत लिएको आरोप छ । सापटी लिएको भनिएको रकम संघकै खातामा पटक पटक गरि जम्मा गरेको देख्निन्छ ।

अध्यक्ष ध्रुब बहादुर गौतम माथि लागेको दाग मेटाउन  संघमा वर्तमान अध्यक्ष  गौतम रस्साकशीमा लागि परेको देखिन्छ भने, यता बरिष्ठ उपाध्यक्ष बिक्रम लिम्बु चेमजोङ पनि २ बर्ष अगाडीको मौखिक सहमतिलाई तोडेका कारण चुनावमा जानु परेको अध्यक्षका लागि दावेदार लिम्बु वताउँछन् । उद्योगीको चाहाना भने चेमजोङले  १० बुँदे एजेण्डालाई कार्वनयन गरेमा साथ दिन जस्तो देखिन्छ।