बिरामी व्यक्ति अर्थमन्त्रीः कसरी आउँछ अर्थतन्त्र ट्रायकमा ?

बुढापाकाले भन्थे, ‘सुखमा नमात्तिनु, दुखमा नआत्तिनु ।’ प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनगठन गरेपछि सेयर लगानीकर्ताहरुले सेयरको मूल्य बढ्ने भन्दै केक काटेर खाए । अहिले वर्षमान पुन: अर्थमन्त्री बनेपछि सेयर व्यवसायीहरु निराश भएका छन् । उनीहरुले सेयरको मूल्य बढ्ने भन्दै केक काटेर खुशीयाली मनाएको दुई दिन पनि टिकेन ।

बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर कित्ताकै ३२ सयमा सर्वसाधारणलाई बेचेर ठगेका थिए । आनाको पाँच हजार नपर्ने जमिन ५५ लाखमा बेचे । दुई रुपैयाँ किलोमा बिक्री नहुने फलामबाट गाडी बनाई भारतलगायत विभिन्न देशले नेपाललाई बेचिरहँदा यहाँका अटो शोरुमहरुले त्यसको दोब्बर–तेब्बर मूल्यमा सवारीसाधन बेचिरहेका थिए ।

पछिल्लो समय बजारमा घरजग्गाको कारोबार ठप्पछ । सेयरकोपनि मूल्य हवात्तै घटेको छ । गाडीको पनि किनबेचमा मन्दी छ । मालपोत र यातायात कार्यालय सुनसान देखिन्छ । राज्यले सबैभन्दा बढी राजस्व उठाउने भन्सार, मालपोत र यातायातबाटै राजस्व उठ्न छोडेको छ । डा.प्रकाशशरण महत अर्थमन्त्रीबाट हटेपछि केक काटेर खाने दलालीहरु अहिले अर्थमन्त्रीमा वर्षमान पुन आएपछि त झन बिहानैदेखि भट्टी पसल हुन्छन् ।

वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । र, अर्थमन्त्री पनि माओवादीकै नेता पुन भए । माओवादीले जनयुद्धमा सर्वसाधारण, व्यापारीहरुसँग चन्दा उठाएको र नदिँदा मारिदिने गर्नुका साथै बैंक समेत लुटेको अहिले पनि आम नागरिकको आँखा झलझली छ ।

व्यापारी होस् या सर्वसाधारण । सरकारी कर्मचारी होस् या पत्रकार । या फिर राजनीतिक दलका कार्यकर्ता नै किन होस्, सबैलाई माओवादीले चट्चट्ी काटेको अहिले पनि सर्वसाधारणलाई याद छ । अब प्रचण्ड नेतृत्वको सरकारमा अर्थतन्त्र झन् नाजुक अवस्थामा पुग्नेछ । अर्थमन्त्री वर्षमान पुन भएपछि बैंकमा पैसा राख्नु हुन्न, बैंक सुरक्षित छैन भनेर बहस चलिसकेको छ ।

बैंकमा आफुहरुले राखेको रकम निकाल्न सर्वसाधारणको लाम लाग्न थालिसकेको छ । व्यापार व्यवसायी डुबिसकेका छन् । बैंकको ऋण तिर्न सकेका छैनन् । कर्मचारीलाई तलब दिएका छैनन् र राज्यलाई पनि कर तिर्न सकेका छैनन् । बजार पूरै मन्दीमा छ । प्रत्येक दिन कोठा, सटर र फ्रल्याट खाली भएका छन् । र, यो जारी नै छ ।

राजधानीको मुटु न्यूरोड, भोटाहिटी, कालीमाटी, त्रिपुरेश्वर, कुपण्डोल, बागबजार, चावहिल लगायतमै थुप्रै सटर खाली देखिन्छन् । सञ्चालनमा रहेकाहरुले पनि ‘पसल बिक्री’ मा लेखिएको पाइन्छ । व्यापारीहरु सटर खोल्नु मात्र हो, बहनी समेत नहुने बताउँछन् । अहिले बैंकका कर्मचारीहरुको पनि हालत खराब छ ।

बैंकले लिलाम गरेको घरजग्गा, गाडी र सेयर बिक्री नभएपछि कर्मचारीहरु सार्वजनिक स्थल, बाटोहरुमा ग्राहक खोज्दै हिँडेको देखिन्छ । बैंकले उठाउनुछ, दुई करोड तर धितो बेच्दा आउँदा ४०–४५ लाख । त्यसैले पनि बैंक डुब्ने अवस्थामा पुगेको छ । अहिले बजारमा सुनिन्छ कि दर्जनौं बैंकहरुले बचतकर्ताको निक्षेप फिर्ता गर्न सकिरहेका छैनन् ।

सहकारीले करोडौ बचतकर्ताको खर्बो रकम डुबाइदियो । अहिले हरेक क्षेत्रमा मन्दी छ । यस्तो अवस्थामा बिरामी व्यक्ति अर्थमन्त्री हुँदा अर्थतन्त्र कसरी उकालोतिर लाग्छ ? पुन पटकपटक बिरामी भइसकेका छन् । र, उपचारका निम्ति विभिन्न देश धाइसकेका छन् । अनि आफैं बिरामी पुनले डुबिसकेको अर्थतन्त्रलाई कसरी ट्यागमा ल्याउन सक्छन् ?

अर्थमन्त्री पुनले १२ वर्ष पहिला आफु अर्थमन्त्री हुँदा अर्थसम्बन्धी केही ज्ञान नभएकोले गोराला भनिएको तर अहिले अर्थतन्त्रलाई कसरी ट्यागमा ल्याउने भन्ने योजना आफुसँग रहेको पदभार ग्राहण गर्ने बेला बताएका थिए । जनता सबैभन्दा ठूलो हुन् । तर, जनता न त प्रचण्डलाई विश्वास गर्छन् न अर्थमन्त्री वर्षमान पुनलाई ।

छिमेकी मुलुकलगायत विभिन्न देशहरुले पनि प्रचण्डलाई विश्वास गर्दैन । माओवादी भनेकै लुट्ने, ठग्ने, तर्साउने, धम्काउने हो भनेर अहिले पनि सर्वसाधारण कुरा गरिरहेका हुन्छन् । फेरि यही पार्टी सरकारमा गएपछि जनताले कसरी देश विकास हुन्छ भनेर विश्वास गर्नु ? शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्री माओवादीका जर्नादन शर्मा हुँदा सर्वसाधारणले पाँच सय र हजारको नोट बैंकबाट निकालेर घरमा लुकाए ।

किनकि त्यतिबेला आम नागरिकलाई थाहा भइसकेको थियो कि अब देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्छ । तत्कालिन अर्थमन्त्री शर्मा खुलेर भनेका थिए, ‘सर्वसाधारणले घरमा लुकाएको पैसा म बाहिर ल्याएरै छोड्छु ।’ यद्यपि, उनले त्यो रकम बाहिर ल्याउन सकेनन् । शर्मालाई पनि त्यतिखेर थाहा भइसकेको थियो कि अब मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुग्नेछ ।

त्यसमाथि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको असहयोगका कारण उनले गर्भनर बर्खास्त गर्ने प्रस्ताव क्याबिनेट बैठकमा लगे । मन्त्रिपरिषद् बैठकले गर्भनर अधिकारीलाई हटाउने निर्णय गप्यो । तर, सर्वोच्च अदालतको उनको गर्भनर पद जोगाइदियो । पछि कतिपय सार्वजनिक कार्यक्रममा अर्थमन्त्री र गर्भनरको बोलचाल नै भएन । उनीहरु सँगै हुँदा समेत बोलेनन् । र, एकअर्कालाई घोचपेच गर्न थाले । घरजग्गा, गाडी र सेयर लगानीकर्ताहरुले अर्थमन्त्रीका कारण अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै तत्कालिन अर्थमन्त्री जर्नादन शर्माको राजीनामा समेत मागे ।

धेरै जनताको आशा थियो, ०७९ मंसिर ४ गतेको चुनावपछि अर्थतन्त्र ट्यागमा आउनेछ । चुनावपछि बनेको सरकारले मुलुक डुब्नबाट जोगाउने सर्वसाधारणको आशा थियो । सो निर्वाचनमा जनताले कुनै पनि पार्टीलाई बहुमत दिएनन् । जसअनुसार कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो हुन पुग्यो । तेस्रो पार्टी माओवादी वा ३२ सिटेले कांग्रेसलाई सरकार बनाउन दिएन ।

जनताले नपत्याएर भोट नदिएको पार्टीका अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री हुँदा आज मुलुक नाजुक अवस्थामा पुगेको छ । मुलुकको अर्थतन्त्र डुबिसक्दा पनि प्रचण्ड सरकार छोड्दैंनन् । आफ्नो कार्यकर्ता वा नजिकको बिरामी मान्छेलाई अर्थमन्त्री बनाइएको छ । अनि बिरामी व्यक्तिले कसरी काम गर्न सक्छ ? ०७४ फागुन ३ गते एमालेका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री भए ।

प्रधानमन्त्री भएपछि उनी देश र जनताको काम गर्न छोडेर कहिल्यै उपचारका लागि विदेश पुग्थे त कहिले टिचिङ अस्पतालको बेथमा हुन्थे । बिरामी व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा त्यसको मार देश र जनताले भोग्नुपप्यो । अहिलेका अर्थमन्त्री वर्षमान पुन पटकपटक बिरामी भएर उपचारका निम्ति चीन पुगेको पनि छलङ्गै छ ।

उनी फेरि बिरामी भए भने उपचारको निम्ति विदेश नै पुग्छन् । ओलीले आफ्नो कार्यकालमा कामभन्दा बढी उपचार गरेपछि ०७४ सालमा पहिलो पार्टी बनेको एमाले ०७९ सालको निर्वाचनमा दोस्रो पार्टी बन्न पुग्यो । अब ०८४ सालको निर्वाचनमा माओवादीले एक सिट पनि जित्ने छैन । अहिले भएको ३२ सिट पनि गुम्नेछ ।

केही दिनअघि कांग्रेसको महासमिति बैठक भयो । बैठकमा ०८४ सालको निर्वाचनमा गठबन्धन गर्न नहुने कुरा उठ्यो । कांग्रेस र माओवादी एक्लैएक्लै जनताको घरमा जानुपर्ने कुरा उठ्यो । कांग्रेसले गठबन्धन नगर्दा ०८४ सालको निर्वाचनमा एक सिट पनि नजित्नेमा प्रचण्ड स्पष्ट भए । त्यसकारण उनले कांग्रेससँग भएको गठबन्धन तोडे । र, एमाले कहाँ पुगे । अब एमालेसँग मिलेपनि जनताले माओवादीलाई विश्वास गर्ने छैनन् । अबको केही वर्षमै माओवादी पतानसाप हुनेछ ।

क्षमता नभएको व्यक्ति प्रधानमन्त्री हुँदा मुलुकको अर्थतन्त्रसगै नेपाल नै नरहने अवस्थामा पुगेको छ । विदेशी ऋण २७ खर्ब पुगेको छ । अब चाँहि जनताको पनि आँखा खुल्ने हो कि ? यस्तो असक्षम प्रधानमन्त्रीलाई हटाउन सडकमा उत्रिने हो कि ?