कास्की केन्द्र विन्दु भएर भूकम्पको धक्का

काठमाडौं, फागुन २६ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान साढे ७:३० बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

आसपासका जिल्लामा पनि भूकम्पको धक्का महशुस गरिएको छ।