परराष्ट्रमन्त्री श्रेष्ठसँग पाकिस्तानी राजदूतको भेट

काठमाडोँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शिष्टाचार भेट गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा उनीहरुबीच नेपाल–पाकिस्तान सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा राजदूत हास्मीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।