गोकर्णेश्वर मेयर कप ७ ‘ए’ साईड फुटबल प्रतियोगिता शनिवारबाट शुरु

१ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका मेयर कप ७ ‘ए’ साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको गोकर्णेश्वर युवा तथा खेलकुद विकास समितिले पत्रमार सम्मेलन गरी जानकारी दिएको छ । बिहिवार समितिको कार्यालय जोरपाटिमा पत्रकार सम्मेलनमा  गोकर्णेश्वर युवा तथा खेलकुद विकास समितिमा संयोजक संयोजक सञ्जय लामाले जानकारी दिए ।

प्रतियोगिता नयाँपाटी फुटबल एकेडेमीमा हुनेछ । प्रतियोगितामा १२ टिम सहभागि हुने भएका छन् भनें विजयी टिमले ५० हजार नगदका साथ शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिमले २५ हजार नगदका साथ शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ ।

प्रतियोगितामा म्यान अफ द म्याचले ट्रफी पाउने छन् भनें बेस्ट प्लेयर, बेस्ट किपर, बेस्ट स्कोररले ट्रफीका साथमा नगद रु ३ हजार पाउने छन् ।

बिहिवार प्रतियोगितामा सहभागि टिमका प्रतिनिधिको उपस्थितीमा आज गोलाप्रथाबाट टाईसिट चयन गरिएको थियो ।

पत्रकार सम्मेलनमा नगर खेलकुद संयोजक सञ्जय लामा, प्रतियोगिताका संयोजक विकास राई, एन्फाका रेफ्रि प्रदिप लामा लगायत विभिन्न टिमका प्रतिनिधि पदाधिकारीहरुको सहभागिता रहेको थियो ।