अमेरिकामा टिकटकमाथि प्रतिवन्ध सम्बन्धि विधेयक पारित, टिकटकका सिइओको विरोध

एजेन्सी । अमेरिकामा टिकटकमाथि प्रतिवन्ध सम्बन्धि विधेयक पारित भएकोमा टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले विरोध जनाएका छन् ।

टिकटकका सिइओ शाउ जि च्यूले टिकटक प्रतिबन्ध गर्ने गरी अमेरिकाको तल्लो सदनले पास गरेको विधेयकको विरोध गर्दै टिकटक प्रयोगकर्तालाई आफ्नो संवैधानिक अधिकारको रक्षामाथि कुठाराघात गरेको आरोप लगाउनुभएको छ । अमेरिकी कदमले अमेरिकामा ३० हजार रोजगारी र टिकटक गुम्ने भन्दै विरोध गर्नुभएको हो ।

अमेरिकामा करिब १७ करोड टिकटक प्रयोगकर्ता छन् । त्यहाँ कयौँ ससाना उद्यमहरू टिकटकमा निर्भर छन् । यसअघि अमेरिकी तल्लो सदनले पारित गरेको विधेयकको कतिपय सत्तारूढ डेमोक्रेट पार्टीकै सांसदले पनि विरोध गरेका थिए ।

अमेरिकी संसदले हिजो पारित गरेको एक विधेयकमा भएको व्यवस्था अनुसार टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुला गरेको हो ।