गोकर्णेश्वर नगरपालिकामा प्रथम मेयर कप 7 ‘A’ साइड फुटबल प्रतियोगिता-२०८० प्रतियोगिता सुरु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका अन्तरगत गोकर्णेश्वर युवा तथा खेलकुद बिकास समितिद्धारा गोकर्णेश्वर नगरपालिका मेयर कप 7A साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

उक्त  आयोजनामा गोकर्णेश्वर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष संजय लामाको सभापतित्व तथा गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा गोकर्णेश्वर नगरपालिका मेयर कप 7A साइड फुटबल प्रतियोगिता नगरपालिकाको नयाँपाटी स्थित फुटबल एकेडेमीको प्राङ्गणमा उद्घाटन गरिएको  हो ।

दिपक कुमार रिसाल/नगर प्रमुख-गोकर्णेश्वर नगरपालिका

उद्घाटन कार्यक्रममा अन्य अथिति नगर प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ लगायतको उपस्थितिमा बिधिवत रुपमा उद्घाटन गरिएको छ भने उक्त प्रतियोगिताको संयोजक नगर फुटबल संयोजक विकास राई रहेनु भएको छ ।

गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता ग्रहरण साथै आफ्नो मन्तव्यका क्रममा गोकर्णेश्वर नगरपालिका क्षेत्रमा युवा शक्तिको ठुलो जमात रहेको र युवा पुस्ता खेल क्षेत्रमा निकै उत्तसाहि रहको जानकारी दिनु भयो । नगरपालिकाको नयाँपाटी फुटबल एकेडेमीको प्राङ्गण भएको छ । जुन युवाहरुले व्यक्तिगत रुपमा यो एकेडेमीमा लगानी हर्नु भएको छ म निकै खुसी छु । उहाँहरुले होटल तथा रेस्टुरामा पनि लगानी गर्न सक्नु हुनथ्यो मेयर रिसालले भन्नु भयो । फुटवलमात्र नभएर अन्य सबै खेलकुदमा हाम्रो नगरपालिका लगानी गर्न तयार रहेको पत्रकारको जिग्यासामा जानकारी दिनु भयो ।

वडा नं ५ का वडा अध्यक्ष तथा नग। प्रवक्ता नारायण बहादुर सुवेदीले स्वागत मन्तव्यका क्रममा यस नगरपालिकाको नयाँपाटी फुटबल एकेडेमीलाई धन्यवाद हाम्रो नगरपालिका भित्र धेरै खेलाडी रहेका छन् । अब, नयाँ उदेवमान खालाडीलाई प्रथामिक्ताका साथ र जुन पुराना राष्ट्रिय तथा अन्तराष्ट्रियमा नाम कमाउनु भएका खेलाडीलाई अब, सहयोग र प्रथामिक्ताका साथ अवस्र प्रदान गरिने जानकारी दिनु भयो ।

वडा नं ६ का वडा अध्यक्ष नवराज लामाले सबै खेलाडीलाई अनुशासित र मर्यादित भएर गोकर्णेश्वर नगरपालिकामा मेयर कप 7A साइड फुटबल प्रतियोगिता सम्मपन्न गर्न शुभकामना दिनु भयो ।

आयोजका तथा गोकर्णेश्वर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष संजय लामाले गोकर्णेश्वर नगरपालिकामा मेयर कप 7A साइड फुटबल प्रतियोगिता प्रथम रहेको र 11A साइड  पहिले नै सुरुगरि सकेका छौं । हाम्रो खेलमैदानको अभावका कारण यस फुटबल एकेडेमीको प्राङ्गणमा गर्नु परेको छ । हाम्रो 11A साइड नै गर्ने योजान हो । अब, यो खेल लगतै हामी गोकर्णेश्वर नगरपालिकामा उपमेयर कप खुल्ला प्रतियोगिता सुरु गर्दै छौं । त्येस खेलमा खुल्ला तरिकाले हामी उपमेयर कपको आयोजान गर्छौं भन्नु भयो ।