टी–२० मा अफगानिस्तान विजयी

काठमाडौं । आयरल्याण्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । सारजाहमा आइतबार राति भएको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई १० रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५२ रन बनाएको थियो । जवाफमा आयरल्याण्ड निर्धारित ओभरमा ८ विकेट गुमाएर १४२ रनमा रोकियो ।

टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले सुरुआत निकै नराम्रो  गरेको थियो । अफगानिस्तानले १४ रन बनाउँदा ४ विकेट गुमाएको थियो । त्यसपछि सेदुल अटल र मोहमद नावीले पारि सम्हालेका थिए । सेदुल ३५ रनमा रनआउट हुँदा अफगानिस्तानले ५ विकेट गुमाएर ९३ रन बनाएको थियो । यसैगरी मोहमद नावीले ५९ रन बनाएको थियो । कप्तान रासिद खानले २५ रन बनाए । आयरल्याण्डका मार्क एडिरले तीन विकेट लिँदा जोस लिटल र बेरी म्याकार्थीले दुई ÷दुई विकेट लिए ।

१५३ रनको लक्ष्यसहित मैदान उत्रिएको आयरल्याण्डले सुरुआत राम्रो गरेको थियो । तर मिडिलि अर्डरमा खेलाडी चल्न नसक्दा