जनता नै स्वार्थी भएपछि कसरी हुन्छ देश विकास ?

अन्य मुलुकका जनता, राजनीतिक दल, कर्मचारी, व्यापारीलगायत आफ्नो देश धनी होस्, विकास होस् भन्ने चाहना राख्छन् । तर, हाम्रो देश नेपालमा ठ्याक्कै यसको उल्टो छ । यहाँ त राज्यको सम्पत्ति कसैलाई देख्नै हुन्न । सरकारी, सार्वजनिक जग्गा, गुठी, ताल पोखरी जस्ता राज्यका सम्पत्तिहरु मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको छ ।

राज्यलाई राजस्व छल्छन् अनि भ्रष्टाचार गरिन्छ । यहाँ नेपाल गरिब छ, व्यक्ति भने धनी छ । भ्रष्टाचार, दलालीजस्ता अवैध काम गरेर कमाएको रकम विदेशमा राखिएको छ । आफ्नो छोराछोरी पढाउने नाममा अमेरिका, अस्ट्रेलिया पठाइएको छ । यसरी जनशक्ति र देशको मुद्रा नै विदेशिएको छ । अहिले अमेरिका, अस्ट्रेलियामा धेरै नेपालीले घर किनेको र व्यापार व्यवसाय गरेको सुनिन्छ ।

नेपालबाट २५ अर्बभन्दा बढी रकम लगेर अमेरिका, अस्ट्रेलियामा घर बनाएको वा किनेको पनि बताइन्छ । व्यापारी, राजनीतिक दलका नेता होस् या सरकारी कर्मचारी, सबैले यहाँ भ्रष्टाचार वा राजस्व छलेको रकम त्यहाँ पठाएर घर किन्ने गरेको पाइन्छ । अनि आफ्नो सन्तान त्यहाँ पठाएर छोराछोरीले बनाएको भनी बहाना बनाउँछन् ।

पढ्नका लागि विकसित मुलुकमा एउटा विद्यार्थी मात्र जाँदा सुरुमै १५ देखि ३० लाखसम्म नेपाली रकम खर्चिन्छ । पढ्ने नाममा कति नेपाली विद्यार्थी अमेरिका, अस्ट्रेलिया गएका छन् ? तीमध्ये कति फर्किए ? कतिले नेपाली नागरिकता त्यागे ? र, कतिले यहाँ भएको पुर्खोली सम्पत्ति समेत बेचेर लगे ? भन्ने तंथ्याक सरकारसँग छैन ।

देशमा पर्याप्त सरकारी तथा निजी कलेज छन् । तर, १२ कक्षा पास गरेपछि यहाँको शिक्षा प्रणाली वा देशमाथि नै विभिन्न दोष लगाउँदै अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक जान्छन् । नेपालको पैसा सबै अमेरिका, अस्ट्रेलिया जाँदा ती देशहरु भ्mन्झन् विकास हुँदै गएका छन् । अनि यहाँको जनशाक्तिले त्यहाँ गएर काम गर्दा त्यो देश नै विकसित भएको छ ।

यसले एकातिर हाम्रो देश कंगालसँगै विकास हुन सकिरहेको छैन भने अर्कोतिर अमेरिका, अस्ट्रेलियाजस्ता देशहरु भmन्झन् विकास र धनी हुँदै गएका छन् । कन्सलट्रेन्सीहरु त दलाली हुन् । उनीहरुलाई देशको माया छैन । देश बेचेर भएपनि आफु धनी बन्नु छ । नेपालबाट पढ्ने नाममा वर्षेनी खर्बो रकम अमेरिका, अस्ट्रेलिया जान्छ ।

तर, त्यो रकम यहाँ फर्किएको छैन । त्यहाँ पुगेकाहरु यहाँ फर्किदैंन । त्यहँी घरजम बसाउँछन् । अनि यसले गर्दा पनि देश मन्दीतर्फ गएको हो । व्यक्ति होइन, राज्य धनी हुनुपर्छ भन्ने चेतना कसैमा आएको छैन । दुःखसुख गरेर भएपनि आफ्रनै देशमा बस्नुपर्छ, देश विकास गर्नुपर्छ भन्ने जनतामा पनि छैन ।

अहिले जसको छोराछोरी अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुक छन्, उनीहरुको भुँईमा खुट्टा छैन । यद्यपि, आफ्ना छोराछोरीहरु अमेरिका, अस्ट्रेलिया जाँदा र त्यहँी बस्दा देशलाई कति नोक्सान भयो ? भन्ने उनीहरु सोच्दैनन् । यहाँबाट अमेरिका, अस्ट्रेलिया पढ्न गएका अधिंकाश विद्यार्थीहरु त्यहाँ शौचालय सफा गर्ने वा भाडा धुने काम गर्ने बताइन्छ ।

आफ्रनै देशमा बसेर सरकारी वा कुनै जागिर खानुपर्ने पढेलेखेका छोराछोरी अमेरिका, अस्ट्रेलियामा भाडा धुँइरहँदा अभिभावकहरु भने छिमेकीमा ठुल्ठुल्ला गफ गर्छन् । समाजले तपाई नभनेपनि आफुले आफुलाई तपाई भनिरहेका छन् । विकसित मुलुकमा जमिनमाथि राज्यको स्वामित्व हुन्छ । व्यक्तिको स्वामित्वमा केही हुदैंन ।

त्यहाँ उमेर हुनुञ्जेल काम गर्नैपर्छ, राज्यलाई कर तिर्नैपर्छ । बुढेसकालमा सरकारले पनि आफ्ना नागरिकको जिम्मेवारी लिन्छ । उनीहरुलाई आवश्यक सम्पूर्ण सेवासुविधा उपलब्ध गराउँछ । अर्को कुरा बच्चामाथि पनि अभिभावकको भन्दा बढी राज्यको हक, अधिकार हुन्छ । १८ वर्ष पुगेपछि छुट्टै राखिन्छ । र, आफैं कमाएर खानुपर्छ ।

हम्रो देशमा भएका जमिन सबै व्यक्तिको स्वामित्वमा छ । यसरी जमिनको स्वामित्व व्यक्तिमा हुँदा खेतीयोग्य, उब्जनी हुने जमिन समेत घर बनाएर मासिएको छ । मुलुकमा खाद्य खंकट निम्तिे त्रास बढेको छ । हाम्रो देशको कानूनअनुसार कुनै व्यक्ति मरेमा उसको नाममा भएको जायजेथा उसको सन्तानले प्राप्त गर्छ ।

आमाबुबाको नाममा भएको सम्पत्ति सबै छोराछोरीले पाउँछन् । अनि यसले गर्दा पनि सबैमा जसरी भएपनि सम्पत्ति जोड्ने लाभ मौलाएको पाइन्छ । गैरकानूनी काम गरेर भएपनि आफ्नो सात पुस्तालाई पुग्ने गरी सम्पत्ति जोडेर राखिन्छ । यहाँ सरकारी सेवाको पियुनमा जागिर खानेले समेत जग्गा किनेर घर बनाएको छ ।

हिजोसम्म चप्पल लगाउने समेत हैसियत नभएकाहरुले राजनीतिमा खुट्टा टेकेपछि अहिले महलजस्तो घर र अर्बोको सम्पत्ति जोडेका छन् । व्यापारीहरु कालोभन्दा वा कालोबजारी गरेर खर्बोको सम्पत्ति जोडेका छन् । यहाँ सबैले पुग्ने सम्पत्ति जोडेका छन् जबकी हिजोसम्म उनीहरु बिहान–बेलुकाको खानाका लागि तड्पिन्थे ।

यसरी राज्यभन्दा व्यक्ति धनी छन् यहाँ । विश्वका अर्बपतिहरुको सूचीमा नेपालका व्यापारी विनोद चौधरीको पनि नाम आउँछ । तर, अहिले जनता भन्छन्, ‘मुलुकको सबै सरकारी–सार्वजनिक जग्गा, गुठीका जग्गा दर्ता गरेर, श्रमिकलाई शोषणा गरेर र कमसल सामान महंगोमा बेचेर यीनी अर्बपति बनेका हुन् ।’

यहाँ जनता पनि धनी छन् । सहकारीमा झण्डै ३७ खर्ब रकम आम सर्वसाधारणले राखेका थिए । यो रकम राजस्व छलेको हो कि गैरकानूनी काम गरेर कमाएको हो कि जीवनभर वा घरजग्गा बेचेर कमाएको हो ? यसबारे कसैलाई थाहा छैन । तर, यत्रो रकमले जनतासँग पनि पैसा छ भन्ने कुरा प्रमाणित हुन्छ । उता, सरकारले भने विदेशीसँग २७ खर्ब ऋण लिएको छ ।

अनि यसले सरकारभन्दा जनता धनी छन् भन्ने कुराको समेत प्रमाणित गर्छ । यहाँ जनता नै करोडदेखि अर्ब लगानी गरिएको घरमा बसेको भेटिन्छ । २० लाखदेखि करोड मूल्य पर्ने गाडीमा चढ्छन् । कतिपय जनता भने खाना नपाएर बाटोमा मागिरहेको पनि देखिन्छ । कतिपयलाई बिहान–बेलुकाको छाक टार्न धौंधौं छ ।

केपी ओली पनि नेपाली नै हुन् । उनी पनि जनता नै हुन् । बिडम्वना, उनी नेपालको पानी खाँदैनन् । दैनिक ६० हजारको विदेशी पानी खान्छन् । हिसाब गर्नुपर्दा उनी मासिक १८ लाखको विदेशी पानी खान्छन् । अनि यसबाट नै यहाँ ओलीजस्ता जनता धनी छन् अनि राज्य कंगाल छ भन्ने प्रमाणित हुन्छ ।

अन्य मुलुकका सरकारले आफ्नो देशको पैसा बाहिर लैजान दिदैंन । त्यहाँ कमाएको रकम त्यहाँ खर्च गर्न लगाइन्छ । र, त्यहाँ राज्यको नै त्यस्तै पोलेसी हुन्छ । तर, हामी देशको यसको ठिक उल्टो छ । खाद्यान्न सबै विदेशबाट नै निर्यात गरिन्छ र यहाँको पैसा विदेश जान्छ । जनता पनि पढ्ने नाममा विदेश नै पुगेका छन् ।

राजनीतिक दलका नेता, कर्मचारी, व्यापारीहरुले भ्रष्टाचार, अवैध धन्दा, राजस्व छलेर कमाएको रकम पनि विदेशमै लगेर राख्छन् । अहिले विदेशीले खाद्यान्न नपठाए हामी नेपाली जनता भोकभोकै मर्नुपर्ने अवस्था आउने छ । पेट्रोल र डिजेल पठाएन भनेपनि यहाँका सबै सवारीसाधन थन्किनेछन् ।

ग्याँस पठाएन भने त झन् भोकै बस्नुपर्छ । हिजो आफ्नो बाली बेचेर वा मासेर घर बनाएकाहरुले यस्तो अवस्था आउँदा के गर्छन् ? के खान्छन् ? कि इट्टा र ढुंगा नै चपाउँछन् ? अहिले जनता सेयरमा लगानी गर्दा डुबेको भन्दै सरकारप्रति गुनासो गर्छन् ।
अनि बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर कसले पाँच हजारमा किन्नु भनेको थियो ? सरकारले त भनेको थिएन नि ? दलालीको लैंलैंमा लागेर आनाको पाँच हजारमा बिक्री नहुने जमिन लाखौमा किन्ने अनि अहिले सरकारलाई दोष दिएर हुन्छ र ? अहिले मुलुकका कतिपय प्राइभेट बैंक डुब्ने अवस्थामा पुगेका छन् ।

त्यसकारण अब सरकारले पनि प्राइभेट बैंक, सहकारी, फाइनान्समा रकम नराख्न सार्वजनिक सूचना निकाल्नुपर्छ । प्राइभेट बैंकमा रकम जम्मा गरेकाहरुले पनि समयमै दिमाग पुप्याउनुपर्छ । नत्र सहकारीका बचतकर्ताहरुको जस्तै लगानी हुनेछ । किनकि बैंकहरुको पनि सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । फेरि यो क्षेत्रमा मन्दी आएको छ ।