प्रधानमन्त्रीमा आफ्नो दाबी नरहेको भन्दै अ‍ोलीको स्पष्टोक्ति

काठमाडौं त्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्ने ईच्छा पालेर नबसेको स्पष्ट पारेका छन् । उनले संसद्को यो कार्यकालभरि नै अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्नसक्ने संकेत गरेका छन् । आज (मंगलबार) प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले प्रधानमन्त्रीमा ईच्छा नदेखाएको र अहिलेसम्म अर्को व्यक्ति म भन्छु भनेर नआएकोले सत्ता गठबन्धनबाट पूरै कार्यकाल प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गर्नसक्ने संकेत गरेका हुन् । उनले भने,‘‘अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू केही अगाडि पनि सरेका छैनन् । के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त !’