विश्व भँगेरा दिवस : भँगेरा र भँगेरी, गायब हुन्छन् कसरी ?

चीनको महान अग्रगामी छलाङ सन् १९५८-१९६२ मा चिनियाँ कम्युनिष्ट पार्टीले सञ्चालन गरेको आर्थिक तथा सामाजिक अभियान थियो। अध्यक्ष माओको आर्थिक तथा सामाजिक कार्यक्रम ‘महान अग्रगामी छलाङ’ले कृषि प्रधान चीनलाई औद्योगीकरण र सामूहिकीकरणमा लाने उद्देश्य बोकेको थियो । महान छलाङ अभियानले करोडौं मानिसको मृत्यु निम्त्यायो।  यस अवधिमा कम्तीमा १ करोड ८० लाख देखि ३ करोड मानिसहरू भोकमरीले मरेको अनुमान गरिन्छ र यसै बराबरको जन्म गुम्यो। यसले गर्दा चीनको यो भोकमरी मानव इतिहासकै सबैभन्दा ठूलो भोकमरी बन्यो ।

हानिकारक कृषि नवाचारको बावजूद, १९५८ मा निकै मौसम अनुकूल थियो र बाली उब्जनी राम्रो हुने आशा गरिएको थियो। दुर्भाग्यबश, इस्पात (स्टिल) उत्पादन र निर्माण परियोजनाको लागि श्रमिकहरूको भारी मात्रा संख्यामा कृषिबाट पलायन को मतलब यो थियो कि केहि क्षेत्रमा धेरै अन्न बालीहरूलाई सोच विचार विना सड्न दिइयो ।

माओले ग्रेट स्प्यारो अभियानद्वारा चीनको धेरै क्षेत्रमा भगेराहरू मार्न लगाए। भगेराहरूले बाली बर्बाद गरेको उनको सोचाइ थियो। जब विनाशकारी किरा फटयांग्रा/ सलहहरूले भारी मात्रामा अन्न बाली नष्ट गर्यो, तब समस्या झनै बढ्यो। माओले ती किरा फट्याङ्ग्राको प्राकृतिक सिकारी भँगेराहरूलाई मारेकाले ठूलो मात्रामा अन्न बालीको नष्ट भयो।

बढ्दो प्राकृतिक विनाशले चराचुरुङ्गीका आश्रयस्थल सङ्कटमा परिरहेको अवस्थामा पोखरा पंछी समाज भने चराहरुको संरक्षण गर्दै त्यसलाई पर्यटनसँग जोड्ने अभियानमा जुटेको छ । संकटापन्न अवस्थामा परेका गिद्धलगायतका पंक्षीको संरक्षणमा निरन्तर जुटिरहेको समाज पोखरासहित समग्र गण्डकी प्रदेशमा चरा पर्यटनको विकासमा पनि उत्तिकै सक्रिय छ ।

चरा संरक्षण अभियानअन्तर्गत नेपाल चरा उत्सव (वर्ड फेयर) सञ्चालन गरिरहेको समाजले गत माघ २६ देखि २८ गतेसम्म नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १३ मा दोस्रो नेपाल चरा उत्सव सम्पन्न गरिसकेको छ । चरा उत्सवकै अवसरमा नयाँ चरा अवलोकन पदमार्गको प्याकेज निर्माण गरेको बताउँदै समाजका अध्यक्ष मनशान्त घिमिरेले भन्नुभयो, “वर्ड वाचिङ ट्रेल निर्माणको यो पहल वर्ड इको-टुरिजमलाई प्रवर्द्धन गर्न र नवलपुर क्षेत्रमा वातावरणीय चेतना बढाउन कोसेढुङ्गाका रुपमा स्थापित हुने विश्वास लिएका छौँ ।”

मानव र मानव जीवनसँग निकट रहने पन्छी भँगेरो हिजोआज तपाई हाम्रो घरआँगनमा खासै देखिँदैन । बढ्दो शहरीकरण र मानव जीवनशैलीमा आएको परिवर्तनका कारण यो पन्छीको संख्या पातलिन थालेको छ ।

घरआँगन र आसपासमा छरिने अन्नसहित करेसाबारी र खेतबारीमा लगाइने अन्नबाली तथा बोटविरुवामा लाग्ने कीरा फट्याङ्ग्रा भँगेराको मुख्य आहार हो । पर्याप्त आहार, उपयुक्त बासस्थान अभावका कारण पछिल्ला वर्षमा भँगेराको चहलपहल घट्न थालेको विज्ञहरु बताउँछन् ।
पन्छीविद् डा. हेमसागर बरालले भने, ‘मानिसको जीवनशैलीमा आएको परिवर्तनकै कारण शहरी क्षेत्रमा यसको संख्या पातलिँदै गएको छ।’ भँगेराले गुँड लगाउने परम्परागत शैलीका घर तथा गोठको संख्या नभेटिँदा र अन्न–अनाज हुर्किने खेतबारी मासिँदै जाँदा शहरी क्षेत्रमा यो पन्छीको चहलपहल घट्दै गएको उनले बताए ।
कृषिमा बढ्दो कीटनाशक औषधिको प्रयोग, बढ्दो प्रदूषण, मोबाइल फोनको तरंगसहित अन्य विकिरणले पनि शहरी क्षेत्रमा भँगेरा ‘थ्रेट’मा पर्न थालेको विज्ञहरुको बुझाइ छ ।
  • चरा अवलोकन पदमार्ग

नारायणी नदीमा पैदलयात्रासहित डुङ्गा र जीपको सहायतामा पुगिने तीन ओटा पदमार्गमध्ये पहिलो पदमार्गले पिठौली-घाटदेखि नमुना सामुदायिक बनको बीच भाग समेटेको छ । त्यस्तै दोस्रो पदमार्गले जमुनाघाटदेखि अमल्टारी घाटसम्मको दूरी समेटेको छ भने तेस्रोले रत्नापुरादेखि भुताहा पोस्टसम्मको दूरी समेटेको छ । यी पदमार्गमा १४ भन्दा धेरै थरीका हाँस र १० प्रजातिका जलपंछी प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

त्यस्तै देवचुली पदमार्गका लागि कावासोतीबाट जिप यात्रामार्फत करिब डेढ घण्टामा पोखरी र त्यहाँबाट तीन घण्टा पैदल गरी यात्रा गर्न सकिन्छ । देवचुलीको चुचुरो पुगेर फर्किएपछि थोरै तल रहेको घरवास(होमस्टे)मा रात बिताउन पनि मिल्छ । यस पदमार्गका मुख्य आकर्षणमा नेपालमा मात्रै पाइने काँडेभ्याकुर, विभिन्न प्रजातिका चाँचर, कालिज, घेघरी घाँसेफिस्टो, नहिकुटी गौँथलीआदी रहेको समाजका अध्यक्ष घिमिरेको भनाइ छ ।

यहाँको नमुना सामुदायिक पदमार्ग पनि छ । विश्वकै पहिलो सामुदायिक व्यवस्थापनमा सञ्चालित जटायु रेस्टुराँबाट सुरु हुने यात्रा कृष्णसार सामुदायिक वनको प्रवेशद्वारमा पुग्छ । यस पदमार्गका लागि कम्तीमा पाँच घण्टा छुट्याउनुपर्छ । यहाँका मुख्य आकर्षणमा आठ प्रजातिका गिद्ध (डङ्गर, सुन, लामोठुंडे, सानो-खैरो, सेतो, खैरो, हिमाली, राज गिद्ध), खर मजुर, कालिकण्ठे तोरीगाँडा, ठूलो कस्दरी, खोया हाँस, माछाकुल, झिली जस्ता प्रजातिका चरा छन् ।

चरा पर्यटनको सम्भाव्यतालाई उजागर गर्नका लागि यस चरा अवलोकन पदमार्गको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डले सहयोग गरेको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोख्रेलले बताउनुुभयो । “चरा अवलोकन पदमार्ग नेपालको पर्यटनको विकासमा लागि महत्वपूर्ण आयाम हो”, उहाँले भन्नुुभयो, “प्रकृति संरक्षणका साथै चरा पर्यटनको विकासका लागि यो प्रयास महत्वपूर्ण बन्ने विश्वास लिएका छौँ ।” चरा पर्यटनका दृष्टिले पर्यटन राजधानी पोखरासहित समग्र गण्डकी प्रदेश नै उपयुक्त गन्तव्य बन्न सक्ने देखिएको यस क्षेत्रका अनुसन्धाता बताउँछन् ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकिएको अवस्थामा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यलाई यसैमा जोड्नु आवश्यक रहेको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङ बताउनुहुन्छ । चरा पर्यटनको सम्भाव्यता समेतलाई दृष्टिगत गरी पोखरा पंछी समाजले चरा अवलोकन पदमार्गको अवधारणा अघि सार्नुले चरा पर्यटनसँगै समग्र पर्यटनको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ । हिमाली तथा पहाडी दृश्यावलोकनसँगै साहसिक पर्यटनमा पनि चासो र चर्चा कमाएको गण्डकी प्रदेशमा चरा पर्यटनमा पनि धेरै सम्भावना बोकेको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले बताउनुुभयो ।

गण्डकी प्रदेश अन्तर्गत मुस्ताङ हुँदै बग्ने कालीगण्डकीदेखि त्रिवेणी, गजेन्द्रमोक्षधामसम्मका क्षेत्र विभिन्न जलसम्पदाकै कारण चराको रोजाइमा पर्ने गर्दछन् । पछिल्ला वर्ष पोखरासहित समग्र गण्डकी प्रदेशमा चरा हेर्न आउने पर्यटकको सङ्ख्या बढ्दो छ । नेपालमा आउने आठ प्रतिशत विदेशी पर्यटकमध्ये चरा हेर्नकै लागि आउने गरेका छन् । विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट गण्डकी प्रदेशका पोखरादेखि नवलपुरसम्मका क्षेत्रमा हिउँदे चरा आउने गरेको अनुसन्धानले देखाएको छ ।

नेपालमा सन् १९८७ देखि बर्सेनि नियमितरुपमा जलपंक्षी गणना हुँदै आएको छ । प्रत्येक वर्ष ग्रेगोरियन पात्रोको जनवरी पहिलो हप्तादेखि तेस्रो हप्तामा जलचरा गणना गर्ने प्रचलन छ । दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा जलचरा गणना शुरु गरिएको थियो । पछिल्ला वर्षमा केही चरा पथप्रदर्शक, नेपाल पंछी संरक्षण सङ्घ पोखरा र पोखरा पंछी समाजका संलग्नतामा पोखरामा जलचरा गणना गरिदै आइएको छ ।

गण्डकी प्रदेशको अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै पाँच सय प्रजातिका चरा पाइन्छन् । जसमा एक सय स्तनधारी प्रजातिका छन् । नेपालमा पाइने आठ सय ८७ प्रजातिका चरामध्ये गण्डकीमा मात्रै कम्तीमा छ सय प्रजाति पाइने भएकाले समग्र गण्डकी प्रदेशलाई चरा पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिएको छ । पछिल्लो समय मर्दी हिमाल पदयात्रा क्षेत्रका साथै कास्कीकै धम्पुसलगायत स्थानमा विगतमा देखिने जस्तो डाँफे, मुनाल देख्न छाडिनु चुनौतीका रुपमा देखिएको छ । चराको वासस्थानको सङ्कटसँगै बढ्दो प्रदुषणलगायत चुनौतिका रुपमा देखिएको छ । पछिल्ला समया चराहरू दिनानुदिन सङ्कटको अवस्थामा रहेको भन्दै कवि वासुदेव पाण्डेयले आफ्नो प्रकृतिपरक कविता संग्रह दुलहीको ‘बाँच्छ्यौ चरी के गरी’ मा भन्नुभएको छ…

‘उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकाशमा

पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा ।

छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए वल्लरी

क्रीडा गर्न नपाइने छ धरती बाँच्छ्यौ चरी के गरी ।।’

  • आधुनिक वास्तुकला पहिले गाउँघर, सहरमा हुने गरेका घर वा भवनहरूको संरचना अहिलेके भन्दा भिन्नै थिए । ढुंगा, माटो, काँचो इँटा लगायतले बनेका घरहरू हुन्थे । घरको वरिपरि प्वालहरू राखिन्थे । जसलाई भँगेराहरूले नेस्टिंग स्पट अर्थात् गुँड बनाउन प्रयोग गर्थे ।

तर अहिले त्यस्ता घर एकाध मात्रै छन् । आधुनिक सामग्रीहरूको गरी बनेका पूर्वाधारहरू ठडिएका छन् । तिनमा भँगेरालाई गुँड बनाउन पहिलेजस्तो सुविधा छैन ।

वन विनास विश्वभरी नै वन फँडानी बढेको छ । सानो वनमा पनि वासस्थानको लागि अन्य चराहरूसँग संघर्ष गर्नुपर्ने अवस्था छ ।

बढ्दो प्रदूषण नेपालका थुप्रै सहर प्रदुषणको केन्द्र बनेको छ । विश्वका प्रमुख सहरमध्ये प्रदुषणका हिसाबले काठमाडौँ त पहिलो नम्बरमा नै परेको छ । आईक्यू एअरका अनुसार काठमाडौँको वायुमण्डलमा एअर क्वालिटी इन्डेक्स ४३७ पुगेको थियो ।

प्रदुषणका हिसाबले दोस्रोमा किर्गिस्तानको बिस्केक, तेस्रोमा पाकिस्तानको कराँची, चीनको वुहान, पाँचौमा भियतनामको हनोई पनि छ । नेपालमा मात्रै होइन, विश्वका थुप्रै सहर प्रदुषित छ । प्रदुषणले मानिसलाई असर त गर्छ नै, चराचुरूङ्गी, जीवजन्तुलाई पनि उत्तिकै असर गर्छ ।

त्यसैले यसबाट मानिसलाई मात्रै नभई भँगेरा लगायत चराहरूले भनी समस्या खेपीरहेका छन् ।

  • विषादीको अत्यधिक प्रयोग

अचेल हामीले खाने अधिकांश अन्न, फलफूल, तरकारीहरू रासायनिक मल, विषादीको प्रयोग गरी उत्पादन हुन्छ । विषादीले चरालाई पनि असर गर्छ।