पाही इन्भेष्टमेन्टले दियो बालसंसार स्कुलमा लगानीकर्ता शेयर सचेतना

पाही इन्भेष्टमेन्टले बिहिबार  गोकर्णेश्वर माकलबारीमा रहेको बाल संसार स्कुलमा  लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
स्कुलमा  अध्यापनरत शिक्षक तथा शिक्षिकाहरुमा  शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा जानकारी दिईएको छ । शेयर बजारमा सचेत भएर लगानी गर्ने सम्बन्धी जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो ।

पाही इन्भेष्टमेन्टले शिक्षक र कर्मचारीहरूलाई ग्लोबल मनी वीक 2024 मा लगानीकर्ता जागरूकता कार्यक्रम (तपाईंको पैसा सुरक्षित गर्नुहोस्, तपाईंको भविष्य सुरक्षित गर्नुहोस्) अनुसार बालसंसार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको हो

पाही इन्भेष्टमेन्ट प्रा.लिका कार्यकारी अधिकृत कमल धितालले  शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रम गर्ने समय मिलाइदिएकोका सिइओ धितालले विशेष धन्यबाद व्यक्त गरेका थिए ।

पाही इन्भेष्टमेन्ट प्रा.लिले लामो समयदेखि धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरूलाई लक्षित गरी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्दै आएको पाही इन्भेष्टमेन्टका अधिकृत धितालले बताएका छन् । उनले लगानीकर्ता शेयर सचेतना कार्यक्रम र निःशुल्क डीम्याट खाता अभियान संचालनलाई निरन्तरता दिदै जाने बताए ।

कार्यक्रममा बालसंसार स्कुलका एकेडेमिक कोर्डिनेटर ढोकल आलेमगरले  यस्ता प्रशिक्षणहरुले सिकाइमा थप सहयोग पुग्ने बताए । यस्ता कार्यक्रमबाट  नेपालको सेयर बजार ,लगानीका फाइदा र बेफाइदा बारे नजिकबाट सिक्ने मौका पाएकोमा खुसि व्यक्त गरे ।