सहयात्रीलाई हत्कडी र सहकारी ठगीको आरोप लागेका लामिछानेलाई झण्डावाला गाडी दिने प्रचण्डलाई जनताले त सजाय देलान् !

वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । प्रधानमन्त्री विश्वमा भइरहेका घटनाबारे जानकारी हुनैपर्छ । तर, हाम्रो देशको प्रधानमन्त्रीलाई विश्वको त कुरै छोडौं, आफ्रनै देशभित्र के भइरहेको छ भनेर थाहा छैन । बजारमा महंगी, कालोबजारीले सीमा नाघिसकेको छ ।

लुटपाट, चोरी, ठगी, हत्या, हिंसा पनि हवात्तै बढेका छन् । वित्तिय संस्थाहरु प्रत्येक दिन धरायसी हुँदै गएको छ । केही दिनअघि कास्कीको पोखरामा सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताहरुले प्रधानमन्त्रीलाई प्रधानमन्त्री बुझाए । ज्ञापनपत्र बुझ्रदा प्रधानमन्त्रीले पीडितहरुलाई सोधे कि कुन सहकारी, कुन व्यक्तिले ठग्यो ?

पीडितहरुले पनि नामै किटेर सूर्यदर्शन सहकारी र हालका गृहमन्त्री रवि लामिछानेले आफुहरुको बचत हिनामिना गरेको बताए । प्रधानमन्त्रीले बिहान पीडितहरुसँग ज्ञापनपत्र बुझे त दिउँसो सदनमा आएर लामिछानेको गुनगान गए । लामिछानेले सहकारीको रकम हिनामिना नगरेको भन्दै अदालतजसरी प्रधानमन्त्रीले सदनबाटै उनीमाथि छानबिन गर्न आवश्यक नरहेको फैसला सुनाए ।

अहिले जनता प्रधानमन्त्रीलाई सोध्छन्, ‘तपाईलाई बिर्सिने बिरामी छ हो ? के तपाईंले पोखरामा पीडितहरुले ज्ञापनपत्र बुझाएको बिर्सिनुभयो ? उनीहरुले लामिछानेको नामै लिएको पनि बिर्सिनुभयो ?’ बल नभएको व्यक्तिलाई ठुलो भारी दिएमा उसले बोक्नै सक्दैन । त्यसरी नै क्षमता नभएको व्यक्ति प्रधानमन्त्री बनेपछि देशको हित नहुनु र पीडितहरुले पनि न्याय नपाउनु स्वाभाविकै हो ।

हुन त उनी आफैंले केही वर्षपछि एक टेलिभिजनमा आफु देशको प्रधानमन्त्री बन्न लायक नभएको बताएका थिए । पार्टी, जनता र मिडियाका आफु यहाँसम्म आइपुगेको उनको भनाइ थियो । अहिले जनता भन्छन्, ‘प्रचण्डसँग वडाध्यक्ष बन्ने समेत क्षमता छैन ।’ वडाध्यक्ष बन्न नसक्ने व्यक्तिलाई जनताले भोट र पार्टीले अक्ष्यक्षमा निरन्तरता दिँदा आज देशको अवस्था दयनीय बनेको छ ।

मानिसले कहिले पनि आफ्नो जन्म दिने आमा र जन्मभूमि बिर्सिनुहुन्न । प्रचण्डले त आफुसँगै जनयुद्धमा लडेका साथी कृष्णबहादुर महरालाई आफ्नो पद जोगाउन फसाए । अहिले गृहमन्त्री रवि लामिछाने छन् । उनको पृष्ठभूमि केलाउने हो भने उनी साधारण परिवारमा जन्मिएका वा पेशामा सञ्चारकर्मी थिए ।

उनको सम्पत्ति कति छ भनेर भोलि अख्तियार, शुद्धिकरण विभागले छानबिन गर्ला । हिजो पत्रकार भएर राजनीतिक दलहरुको विरोध गरेर भ्याईनभ्याई हुने उनी अहिले आफु गृहमन्त्री भएपछि मिडियामाथि नै अकुँश लगाउन खोजे ।
सञ्चारमाध्यमलाई नियन्त्रण लिन खोजेका छन्, उनले । पटकपटक निर्वाचन जितेको, जनयुद्धमा महत्त्वपूर्ण भूमिका खेलेको र मन्त्री र सभामुख समेत भइसकेको व्यक्ति (महरा) लाई सुनकाण्डमा टेलिफोन वार्ताकै आधारमा अपराधीजसरी पक्रेर उनी चर्चामाआउन खोजे । आगामी निर्वाचनमा लामिछानेले आफु गृहमन्त्री हुँदा ठूलो माछा (महरा) लाई समातेको भन्दै भोट माग्ने छन् ।

बिडम्वना, प्रचण्डले पनि आफ्नो सत्ता जोगाउने आफुसँगै जनयुद्ध लडेको व्यक्तिलाई प्रहरी हिरासतमा पुप्याए । पूर्वप्रधानमनत्री बाबुराम भट्टराईले २०७४ सालमा सदनमै उभिएर भनेका थिए कि सबै पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरुको सम्पत्ति छानबिन गरौं । उनले हिजो एक जोर नयाँ कपडा लगाउन नसक्नेहरु आज यत्रो सम्पत्तिको मालिक कसरी बने भन्दै सम्पत्ति छानबिनको माग गरेका थिए ।

केही दिनअघि पनि भट्टराईले सबै राजनीतिक दलका नेता, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्न माग गरे । अहिले सुनिन्छ कि प्रचण्ड, ओली र देउवाको विदेशी बैंकमा थुप्रै पैसा छ । त्यस्तै, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मीलगायतको पनि विदेशी बैंकमा पैसा रहेको बताइन्छ ।

नेताहरु भन्छन्, ‘हामीले देश र जनताको लागि राजनीतिक गरेका हौं ।’ तर, नेताहरुको न त जागिर छ न व्यापारव्यवसाय । अनि रोपनी रोपनीमा बनेको घर कसरी आयो ? यो भ्रष्टाचार होइन र ? पैसा लुकाएपनि यीनीहरुले घर लुकाउन सकेनन् । यहाँ जनता र राष्ट्रको लागि आफुहरुले राजनीति गरेको भन्दै आफ्नो धोक्रो भर्ने मात्र काम भइरहेको छ ।

देश अरु कसैले होइन, यीनै नेता र कर्मचारीहरुले खोक्रो बनाएका हुन् । सरकारी कर्मचारीहरु आफुलाई राष्ट्रसेवक बताउँछन् । अनि एउटा सरकारी जागिर खाएको व्यक्ति कसरी करोडौं, अर्बोको सम्पत्ति हुन्छ । सरकारी सेवाको तल्लो तहमा काम गर्ने कर्मचारीको समेत राजधानीमा घडेरी पाइन्छ । यसरी राष्ट्रसेवक, देश र जनताको हितमा काम गरेको भन्दै भ्रष्टाचार गर्ने र सम्पत्ति जोड्ने मात्र गरिँदै आइएको छ ।

यता, व्यापारीहरु पनि आफुहरुले राज्यलाई कर तिरेको र सर्वसाधारणलाई रोजगारी दिएको दाबी गर्छन् । तर, नाम चलेकै व्यवसायीहरुमाथि अहिले सरकारी, सार्वजनिक जग्गा हड्पेको आरोप लागेको छ । कतिपय त दोषी समेत ठहर भएका छन् त कतिपयले हड्पेको जग्गा सरकारकै नममा आएको छ । उद्योग, वाणिज्य महासंघको अध्यक्षमा चन्द ढकाल छन् ।

उनी गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् । तर, आज उनको अर्बोको सम्पत्ति छ । यत्रो सम्पत्ति उनले कसरी जोडे ? उनमाथि पनि छानबिन गर्ने हो भने धेरै सरकारी, सार्वजनिक जग्गा हड्पेको वा दर्ता गरेको बाहिरिने छ । किनकि यहाँ सबै व्यापारीहरु सरकारी, सार्वजनिक सम्पत्ति नै दर्ता वा दोहन गरेर व्यापारी बनेका हुन् ।

जनतामा सचेतना जाग्ने हो भने अहिले भएका नेता, कर्मचारी र व्यापारीहरु देशै छोडेर भाग्नुपर्ने हुन्छ । केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी श्रीमती कोमल राहदानी नवीकरणका निम्ति त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगे । राजा आफैं राहदानी नवीकरण गर्न आएको देख्दा सर्वसाधारण खुशी भए त त्यहाँस्थित कर्मचारीहरु छक्क परे ।

पूर्व राजा र रानीसँग फोटो खिच्न त्यहाँ भएका सर्वसाधारण र कर्मचारीहरुको लाइन नै लाग्यो । अहिले राजनीतिक दलका नेताहरु भ्रष्टाचारमा तानिँदै गएका छन् । मुलुक गम्भिर आर्थिक संकटमा गएको छ । लोकतन्त्र गणतन्त्रका नेताहरु नै भ्रष्टाचारमा संलग्न हुँदा संघीयता कार्यान्वयनमै अन्यौलता पैदा भएको छ ।

यता, पूर्वराजा ज्ञानेन्द्र भने जनतासँग घुलमिल भइरहेका छन् । यसले राजतन्त्र फर्किने समेत संकेट देखाएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरुलाई समयै सुध्रिन आग्रह गरेको पनि यही कारणले अहिले देखिन्छ । अहिले रवि लामिछाने नेतृत्वको रास्वपाका नेता तथा कार्यकर्ताहरुले भन्न थालिसके कि हाम्रो पार्टी सभापतिले महरालाई समात्नुभयो । यो ठुलो उपलब्धि हो ।

०५२ फागुन १ गते मुलुकमा जनयुद्ध सुरु भयो । जनयुद्ध प्रचण्डको नेतृत्वमा भएको थियो । त्यतिखेर लामिछाने पत्रकार नै थिए तर राजावादी । जनयुद्ध चलिरहेकै बेला ०५८ सालमा आफुलाई नेपालमा बस्न असुरक्षित भएको भन्दै अमेरिका भागे । ०६२÷०६३ सालमा ठूलो जनआन्दोलन भयो । मुलुकबाट राजतन्त्र हट्यो ।

यता, कृष्णबहादुर महरा ०५२ सालमै प्रचण्डसँगै भूमिगत गएका थिए । सरकार र माओवादीबीचको वार्ता टोलीमा प्रायजसो माओवादीबाट महरा, बाबुराम भट्टराई र देव गुरुङ नै सहभागी हुन्थे । मुलुकमा राजनीतिक परिवर्तन गर्न उनीहरुको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । यद्यपि, हालका गृहमन्त्री लामिछानेको मुलुकमा राजनीतिक परिवर्तनको समयमा केही योगदान पाइदैंन । ०६६ सालमा लामिछानेले नेपाली नागरिकता र राहदानी नै त्यागेर अमेरिकाको नागरिकता र राहदानी दिए ।

०७१ सालमा भिजिट भिसामा नेपाल आएका थिए, उनी । घरायसी समस्याका कारण उनी अमेरिका फर्किएनन् । र, नेपालमै बसे । नेपालमा बसेपछि पनि उनले नेपालको कानून मानेनन् । अमेरिकाको नागरिकता र राहदानी त्यागेनन् न त नेपाली नागरिकता लिन सिडियो कार्यालयमा निवेदन नै दिए ।

न्युज २४ मा सिधा कुरा जनता नामक कार्यक्रम चलाएर नेताहरुलाई गर्नुसँग गाली गरे । उफ्रिउफ्रि कराए । आफैंसँग काम गरेका पत्रकार शालिग्राम पुडासैनीलाई सहनै नसक्ने गरी दबाब दिएर आत्महत्या गर्नुपर्ने अवस्थामा पुप्याए । पुडासैनीले मर्नुअघि रुँदै बनाएको भिडियो पनि झासझुस बनाइयो । उनी मरेर गए तर अहिलेसम्म न्याय पाएका छैनन् ।

लामिछानेले भने नेपाली नागरिकता नै नलिई पार्टी खोले । यति मात्र नभई ०७९ सालको निर्वाचनमा चितवन क्षेत्रनम्बर २ बाट चुनाव लडे । उनका झुट्टा कुरा पत्याएर उनले जिताए पनि । सरकारमा सहभागी भई गृहमन्त्री समेत बने । तर, पछि सर्वोच्चले उनको पार्टी सभापति, सांसद र गृहमन्त्री पद खारेज गरिदियो ।

अनि बल्ल उनले सिडियो कार्यालयमा नेपाली नागरिकता लिन निवेदन दिए । र, नेपाली नागरिकता बनाए । त्यसपछि फेरि चितवनमा निर्वाचन गराउनुपर्ने माग राखे । निर्वाचन आयोगले पनि जनताले तिरेको कर खर्चिएर निर्वाचन गरायो । उनले फेरि पनि चुनाव जिते । अहिले चितवनकै जनताको सहकारीमार्फत अर्बो रकम हिनामिना गरेको आरोप उनीमाथि छ ।

कुनै नागरिकमाथि आरोप लाग्नासाथ प्रहरी उसलाई पक्राउ गर्छ । हिरासतमा राखेर अनुसन्धान गर्छ । तर, यहाँ त अनुसन्धानको दायरामा हुनुपर्ने व्यक्ति नै गृहमन्त्री छन् । प्रहरी प्रशासनलाई निर्देशन दिने व्यक्ति नै गृहमन्त्री भएपछि कसले उनमाथि अनुसन्धान गर्छ ? कसले उनलाई कारबाही गर्छ ? लामिछानेमाथि कारबाही गर्नुपर्ने माग राख्दै पीडित बचतकर्ताहरुले संसदीय समितिमा समेत उजुरी दिइसकेका छन् ।

अब विपक्षका दलहरुले लामिछानेलाई सदनमा छिर्न समेत दिनुहुन्न । सदन तीन करोड नेपालीको आवाज उठ्ने थलो हो । नाकि ठग बस्ने थलो । प्रचण्ड आफ्रनै सहयात्री पक्राउ पर्दा टुलुटुलु हरेर बसे अनि सहकारी ठगीको आरोप लागेका लामिछानेलाई झण्डावाला गाडी चढ्ने बनाए । प्रचण्डलाई अर्को निर्वाचनमा जनताले यसको सजाय दिने छन् । पार्टीले पनि यसको सजाय उनलाई अवशय दिने नै छ ।
रुषा थापा/भक्तपुर