आजको मैसम: ‘पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुनसक्छ, सतर्कता अपनाउनू’

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेशलगाएत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ ।

पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

बुधबार र बिहीबार पनि देशका पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान छ