कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं  । आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार पनि कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।