बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री डा. राणाको चासो

काठमाडौँ, साउन ४ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिनुभएको छ ।

मन्त्री डा. राणाले आज राजदूत भण्डारीलाई टेलिफोन सम्पर्क गरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवम् अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिनुभएको हो । त्यसक्रममा उहाँले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आआफ्ना स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।

राजदूत भण्डारीले त्यहाँ सबै नेपाली सुरक्षित रहेका र उनीहरुलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न सूचित गरिएको जानकारी गराउनुभएको थियो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading