
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरुले नितान्त विरोध मात्र होइन सरकरका काम कारबाहीका लागि सुझाव दिन पनि आह्वान गर्नुभएकाे छ ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझाव पत्र सिंहदरबारमा ग्रहण गर्दै उहाँले सुझावले सरकारलाई काम गर्न मार्गदर्शन हुने भन्दै सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि निर्देशन दिइने बताउनुभयाे ।
उहाँले भन्नुभयाे ‘सुझावका लागि धन्यवाद दिन चाहन्छु । प्राप्त सुझाव सरकारलाई काम अगाडि बढाउन कार्य सम्पादन गर्न उपयोगी हुनेछ । यसरी राजनीति दलहरुले नितान्त विरोध मात्रैले हुँदैन् रचनात्मक ढंगले सुझावहरु दिनु राम्रो कुरा हो । सुझावले सरकारलाई काम मार्गदर्शन गर्नेछ । प्राप्त सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ ।’
उहाँले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयाे ।
एमालेका महासचिव शंकर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गर्नुभएकाे थियाे ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.