
८ साउन, काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।
कपन प्रहरी प्रभागले बुढानीलकण्ठ-१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । उनलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नुर्वु मानव वेचबिखनको कसुरमा पनि पक्राउ परेका व्यक्ति हुन् । घलेविरुद्ध एक महिलाले आफूलाई श्रीलंका पुर्याएर मानव बेचबिखन गरको आरोप लगाउँदै ७ वर्ष पहिले साविक महानगरीय प्रहरी परिसर (हाल जिल्ला प्रहरी परिसर) काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा घले पक्राउ परेका थिए ।
२०७३ सालमा एक महिलालाई नुर्वुले श्रीलंकासम्म पुर्याएर बन्धक बनाएको आरोप लागेको छ। मासिक २८ हजार कमाई हुने भन्दै एक महिलालाई नुर्वुले कतार पठाउने भन्दै श्रीलंका पठाएर बन्धक बनाएको आरोप लागेको एसपी फुयालले बताए ।
कतार जानका लागि भन्दै नुर्वुले आफ्नै खर्चमा ती महिलाको राहदानी समेत बनाई दिएको पाइएको प्रहरीको दाबी छ । आर्थिक अवस्था कमजोर भएकी महिलालाई नेपालबाट स्थलमार्ग हुँदै भारतको नयाँ दिल्ली पुर्याइएको थियो ।
दिल्लीबाट भिजिट भिसामा श्रीलंकाको कोलम्बो पुर्याइएको थियो । कोलम्बोमा बुद्ध दर्शनका लागि जान लागेको भन्नु भनेर ती महिलालाई सिकाइएको थियो । कोलम्बो पुर्याएपछि श्रीलंकन मुलका एजेन्टले राहदानी लगायतका कागजात नियन्त्रण लिएर ती महिलालाई बन्धक बनाएको आरोप नुर्वुमाथि लागेको छ ।
राम्रोसँग खान बस्न समेत नदिई कुटपिट गर्दै यातना दिएको अवस्थामा नृपाल प्रहरी र विभिन्न संघ–संस्थाको सहयोगमा ती महिला केही नेपाल फर्किएकी थिइन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.