
काठमाडौं – पाठ्यसामग्री भनेको लेख्ने र पढ्ने मात्र होइन, विद्यार्थीहरूले अ? धेरै माध्यमबाट पाठलाई बुझ्न र सम्झन सक्छन् । नाटक पनि एउटा त्यस्तै माध्यम हो। जसबाट विद्यार्थीहरूले राम्रोसँग पाठलाई बुझ्न र सम्झन सक्छन् । माथि उल्लेखित कुरालाई सार्थकता दिन यही साउन ८ गतेबाट कीर्तिपुरको राराहिल मेमोरियल विद्यालयस्थित थियटर मलमा दुई नाटक मञ्चन भइरहेको छ ।
कक्षा ८ र १) को नेपाली किताबको पाठबाट ‘एक जोर जुत्ता’ र ‘घरको माया’ पाठलाई निर्देशक शंकर भण्डारीले नाट्य रूपान्तरण गरेर तयार पारेको नाटकको मंगलबार प्रिमियर गरिएको थियो । शताब्दी, राराहिल मेमोरियल विद्यालय, थियटर मल र थियटर सेन्टर फर चिल्ड्रेनको सहकार्यमा निर्माण भएको उक्त नाटकले विद्यार्थीहरूलाई पाठ बुझ्न धेरै नै सहज हुने शताब्दीका सचिव तथा कलाकार शालिक काकाले बताए ।
नाटक उपत्यका बाहिरका विद्यार्थीहरूको लागि मानसिक स्वास्थ्य बारेको कार्यशाला, व्यक्तित्व विकास सम्बन्धी कार्यशाला र अभिनय कला सम्बन्धीको कार्यशाला आयोजना गर्नका लागि सयोगार्थ तयार पारिएको शताब्दीका अध्यक्ष तथा निर्देशक भण्डारीले जानकारी दिए ।
नाटक हेरेपछि प्रतिक्रिया दिँदै एक जोर जुत्ता का लेखक महेश विक्रम शाहले पाठ पढ्नु भन्दा पनि नाटकमा जीवन्त अभियनका साथ हेर्दा कथालाई विद्यार्थीले सहज ?पमा बुझ्न सक्ने धारणा व्यक्त गरे ।
मनोविज्ञानमा आधारित कथालाई नाट्य ?पान्तरण गर्नु आफैँमा चुनौतिपूर्ण रहेपनि निर्देशकले उत्कृष्ट तवरले कथालाई नाटकमा प्रस्तुत गरेको उनले बताए ।
त्यस्तै नाटक धेरै नै राम्रो बनेको र विद्यार्थीहरूलाई यसले पढ्न, बुझ्न र सम्झन निकै नै सहयोग पुग्ने राराहिल मेमोरियलका प्रधानाध्यापक जगत बहादुर महर्जनको भनाइ छ । शताब्दीसँगको सहकार्यमा आफूहरूले नाटक प्रस्तुत गर्न पाउँदा खुसी लागेको उनले बताए ।
नाटकमा शालिक काका, सुशिल भुसाल, सुधा खनाल, सुजाता भट्ट, ओसिन राई, आँचल पाण्डे र आशिष लामाले अभिनय गरेका छन् । नाटक साउन २) गते सम्म चल्ने निर्देशक भण्डारी बताउँछन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.