वनियुक्त तीन प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीका दिपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशका यज्ञराज जोशीले प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई प्रदेश प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।  राष्ट्रपति पौडेलले बुधबार उहाँहरुलाई प्रदेश प्रमुख पदमा नियुक्त गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading