हसिनाले देश छोडीन्

काठमाडौं । आज बंगलादेशकि प्रधानमन्त्री शेख हसिनाले अप्रत्याशित रुपमा देश छोडिन् । तर, उनले देश छोडेर भारत गएको दिन पनि नौ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि भएको छ ।

बंगलादेशको अखबार डेली स्टारका अनुसार आइतबार मात्रै ९३ जनाको मृत्यु भएको थियो थसमा १४ जना प्रहरी पनि थिए । बंगलादेशमा जुलाई १५ बाट भएको विद्यार्थी आन्दोलनमा परेर ३०० हाराहारीको मृत्यु सोमबारसम्म भएको डेली स्टारले उल्लेख गरेको छ ।

यसैबीच हसिनाले आजै भारतको अगरतला क्षेत्रमा हवाई अवतरण गरेको भारतीय मिडियाहरुले लेखेका छन् । कतिपयले उनी यूरोप जान सक्ने पनि अडकल काटिरहेका छन् ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading