
एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले जारी पेरिस ओलम्पिकको भाला फेंकको फाइनलमा छनोट भएका पाकिस्तानी खेलाडी अरशद नदीमलाई बधाई दिएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले अर्शद नदीमले आफ्नो उत्कृष्ट प्रदर्शन र कडा मिहिनेतले सिंगो राष्ट्रको मन जितेको बताए ।
शहबाज शरीफले ओलम्पिक २०२४ मा अर्शद नदीमको सफलताको लागि प्रार्थना र शुभकामना व्यक्त गरे।
देशमा भाला फेंकको प्रवद्र्धनका लागि अर्शद नदीमको सेवाको प्रशंसा गर्दै उनले पाकिस्तानसँग अथाह प्रतिभा छ जसलाई थप विकास गर्नुपर्ने बताए।
पाकिस्तानी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुने खेलाडीलाई सरकारले प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिने बताए ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.