
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारले आयोग गठन गरेको छ ।
बुधबार अपराह्न बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयो ।
नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको बताउनुभयो । उहाँले आयोगको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको उल्लेख गर्नुभयो । उहाँले बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँले हेलिकप्टर दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न आयोगलाई ३० दिनको समय दिइएको बताउनुभयो ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.