पाकिस्तानका नदिमले जिते ज्यावलिनमा स्वर्ण

काठमाडौं । पाकिस्तानका ज्यावलिन स्टार अर्सद नदिमले विश्व कीर्तिमान बनाउँदै पेरिस ओलम्पिक २०२४ मा स्वर्णपदक जितेका छन् । बिहीबार उनको पहिलो थ्रो फाउल भएको थियो । दोस्रो थ्रोमा ९२.९७ मिटर लामो प्रहार गर्दै कीर्तिमान बनाएका हुन् ।

नदिमपछि रजतपदक जितेका भारतका निरज चोपडाले ८९.४५ मिटरको थ्रो फ्याँके । उनको पनि पहिलो प्रहार फाउल भएको थियो । ग्रानडाका एन्डरसन पिटर्सले ८८.५४ मिटर लामो थ्रो फ्याँक्दै तेस्रो स्थान हासिल गरे ।

नदिम ट्याक एन्ड फिल्डमा पाकिस्तानबाट स्वर्ण जित्ने पहिलो एथलिट समेत बने । उनले यसअघि सन् २००८ मा नेदरल्यान्ड्सका आड्रियस थोरकिल्डसेनले बनाएको ९०.५७ मिटरको कीर्तिमान तोडेका हुन् ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading