तीन बालबालिकालाई सर्पले डस्यो, दुईको मृत्यु, एकको उपचार हुँदै

बर्दिया । बर्दियामा विषालु सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको ज्यान गएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिने बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो ।

बर्दियाकै मधुवन नगरपालिकाकी ६ वर्षीया रिया चौधरी विषालु सर्पको टोकाइबाट घाइते भएकी छन् । घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको परिवारजनले बताएका छन् ।

११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्याउँदा चिकित्सकले सर्पको टोकेको बताएका थिए । अस्पताल पुर्‍याउना साथ चिकित्सकले बालिकाको मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading