बंगलादेशी विद्यार्थी आन्दोलनका दुई नेता सरकारमा

काठमाडौं । सन् २००६ को नोवेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा दुई जना विद्यार्थी नेता परेका छन् । दुवै विद्यार्थी नेता बंगलादेशको ढाका विश्वविद्यालयका हुन् ।

२५ वर्षीय आसिफ महोमद सजिब भुइयान र २६ वर्षीय नाहिद इस्लाम युनुस सरकारमा अटेका छन् ।

बिहीबार शपथ लिएका दुई विद्यार्थी नेताले शुक्रबार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
आसिफले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउँदा नाहिदले हुलाक दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाएको बंगलादेशी मिडियाहरुले लेखेका छन् ।

भारतीय अखबार दि हिन्दूका अनुसार आसिफ ढाका विश्वविद्यालयका भाषाविज्ञान संकायका स्नातकोत्तर तहका विद्यार्थी र नाहिद समाजशास्त्रका विद्यार्थी हुन् ।

आसिफ सन् २०१७ र २०१८ को व्याचका विद्यार्थी तथा ढाका विश्वविद्यालयका छात्र अधिकार परिषद्का विद्यार्थी नेता हुन् ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading