
नेपाल सरकारको खाद्य सुरक्षासम्बन्धी निकायले खास गरी काठमाडौँ उपत्यकाभित्र ‘जार’को पानी प्रयोग गर्ने क्रममा उपभोक्तालाई सजग रहन आग्रह गरेको छ।
काठमाडौँ – जार वा बोत्तलको पानी भनेर मख्ख पर्दै पिउने गर्नु भएको छ भने तपाई अब अस्पताल वा स्वास्थ्य संस्था जान तयार भएर हुन्छ । राजधानी तथा शहरी क्षेत्रमा व्यापारीले बिक्री गर्दै आएका जार वा बोत्तलको पानी खराब र पिउन अयोग्य रहेको पाइएको छ ।
मानव स्वास्थ्यमाथि चरम रुपमा खेलबाँड भइरहेको छ । तर नियमन गर्ने सरकारी निकाय भने थाहा पाएर पनि थाहा नपाएको जस्तै गरेर बसीरहेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले गरेको पछिल्लो अनुसन्धानमा जार तथा बोत्तलको मिनिरल वाटर खान योग्य नभएको, प्रदूषित किटाणु तथा अखाद्य वस्तु रहेको पत्ता लगाएको हो ।
कूल पचास वटा ब्रान्डका पानीका जारको नमूना परिक्षण गर्दा ती पानीमा ९२ प्रतिशतमा हानिकारक कोलिर्फम र ७४ प्रतिशत इकोलाई नामक जीवाणु रहेको पत्ता लागेको हो ।
नास्टले सो तथ्य गत वैशाख २४ गते नै सार्वजनिक गरेको थियो । नाष्टले पानी कम्पनीबाट मानव स्वास्थ्यमाथि ठूलो खेलबाड भएको र व्यापारको नाममा बदमासी गरिएको र अखाद्य पानी बेचेर कानुन र नियम भन्दा माथि काम गरेको भन्दै कारवाही गर्न समेत सम्वद्ध निकायलाई आग्रह गरेको थियो ।
खानेपानीमा चरम रुपमा बदमासी भएको तथ्य सार्वजनिक भएपनि सरकारी निकाय कारवाही गर्न तयार देखिएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रमुखले बारम्बारको प्रयोगले ‘जार’को गुणस्तर कमजोर हुँदै जाँदा त्यसबाटै पानी सङ्क्रमित हुने गरेको देखिएको भन्दै केही त्यस्तो सजगता अपनाउन आग्रह गरेकी छन्।
“जारको सफाइमा कमी देखिँदा समस्या देखिन्छ, उत्पादकहरूमा मूल्यलाई लिएर प्रतिस्पर्धा देखिन्छ,” विभागकी महानिर्देशक मतिना जोशी वैद्यले सञ्चारसँग आफ्नो कुरा राखेकि हुन्।
“जार कोरिने बित्तिकै त्यसमा सरसफाइको समस्या हुन्छ र त्यसमा जीवाणुहरू मौलाउने देखिन्छ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न जिल्लाका ३६ जनामा हैजाको सङ्क्रमण देखिएपछि विभागलाई ‘मिनरल वाटर’ र ‘जार’को पानी पनि ‘पूर्ण रूपमा भर परेर खान नसक्ने आशङ्का लागेको’ भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई बजार जाँच गर्न भनिएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले लाई भने, “हामीले यो समयमा बजारको जुनसुकै पानी कि त उमालेर वा क्लोरिन ट्याब्लेट प्रयोग गरेर मात्र पिउन भनेका छौँ।”
काठमाण्डू उपत्यकाभित्र मात्र ‘जार’को पानी उपलब्ध गराउने झन्डै ३०० ओटा सानाठूला कम्पनीहरू रहेको सरकारी आँकडा छ ।
- पानीमा कस्तो सङ्क्रमण, जोखिम के ?
विभागले हालै सार्वजनिक गरेको विवरणमा आर्थिक वर्ष २०८०/८१ मा परेका खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी १७८ वटा मुद्दामध्ये एक चौथाइ प्रशोधित पानीसम्बन्धी रहेको देखिन्छ।
यसमा केही साना ‘मिनरल वाटर’बारे छन् भने धेरैजसो ‘जार’को पानीसम्बन्धी रहेको देखिन्छन्। काठमाडौँका विभिन्न स्थानमा हैजाको सङ्क्रमण देखिएका बेला ‘जार’का पानी समेतका नमुना लिइएको भए पनि त्यसको नतिजा आइनसकेको विभागले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको विवरणमा हालै ललितपुरमा २४ र कैलालीमा आठ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो। त्यसबाहेक प्युठानमा दुई जना एवं काठमाडौँ र भक्तपुरमा एक-एक जनामा हैजा देखिएको थियो।
पानी जाँच गर्दा पाइने ‘ई. कोलाई’जस्ता जीवाणु सबैजसो हकमा मानव शरीरलाई हानिकारक भइनहाल्ने भए तापनि त्यसका केही प्रकारले स्वास्थ्यमा नराम्रो असर पार्ने बताइन्छ।
काठमाडौँमा बिक्री गरिने जारको पानीमा हानिकारक जीवाणु भेटिएको तथ्य सार्वजनिक भए पनि दोषीमाथि कारवाही नगरेर विधि र कानुनलाई खिल्ली उडाइएको छ ।
परीक्षण गर्ने नाष्ट तथा नियामक निकाय खाद्य प्रविधि दुवैले पानी कम्पनीमाथि कारवाही त भएन भएन त्यस्ता प्रदूषित पानी बेच्ने कम्पनीको नाम समेत सार्वजनिक हुन सकेको छैन ।
जारका पानीको नियमन तथा नियन्त्रण गर्ने अधिकार कुन निकायको हो भन्ने बारेमा समेत हालसम्म कुनै आधिकारिक निकाय देखिएको छैन । खानेपानी तथा सरसफाई मन्त्रालयले सफा पानी वितरण र नियमनको अधिकार राख्ने जानकारहरु बताउँछन् ।
- के हो पिउने पानीको मापदण्ड ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानेपानी गुणस्तर मापदण्ड २०७९ थप परिस्कृत गरेर सार्वजनिक गरेको छ । जोखिम तथा सान्दर्भिकताका आधारमा थप परीक्षण गर्नुपर्ने पारामिटर विभागले तय गरेको छ । त्यसअन्र्तगत पिउने पानीमा २८ वटा रासायनिक पारामिटरहरु उद्योगले पूरा गर्न पर्छ ।
ती मापदण्डमा भौतिक, रासायनिक र सूक्ष्म जैविक समूहमा छन् । मापदण्डअनुसार १९ वटा पारामिटर अनिवार्य परीक्षण गर्नुपर्नेछ भने ९ वटा आवश्यक र जोखिमको आधारमा गर्न सकिने उल्लेख छ । यस्तौ- पानीको स्रोत, अनिवार्य लेबल जस्ता प्रावधान पनि मापदण्डमा पर्दछन् ।
सफा बोटल र जारमा पानीको प्याकेजिङ, उत्पादन र उपभोग्य मिति अनिवार्य, पानीमा रहेको तत्वहरुको ब्याख्या र उक्त पानीको गुणस्तरयोग्य रहेको प्रमाण उत्पादकले उपभोगकर्तालाई निश्चित गर्नुपर्ने हुन्छ ।
- कारबाही र मुद्दाको चाङ तर पनि सुधि्रएनन् पानी उत्पादक
आर्थिक वर्ष २०७७/७८ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १६५ वटा खानेपानी उद्योगमा अनुगमन गरेको थियो, जसमध्ये जटिल प्रकृतिको दूषित पानी उत्पादन गरेको भेटिएपछि १६ वटा उद्योगलाई विभागले मुद्दा दर्ता गरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा १२९ पानी उद्योगको नमूना संकलन गरेर अध्ययन गर्दा विभागले १७ वटा नमूनामा कैफियत पाएको थियो ।
त्यसमध्ये ९ वटालाई विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दूषित पानी उत्पादन र बिक्री वितरणको मुद्दा दायर गरिएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा पनि १५५ वटा पानी उद्योगको नमूना जाँच गर्दा पानीका ५५ वटा नमुनामा कैफियत पाएको थियो । त्यसमध्ये २१ वटा उद्योगविरुद्ध विभागले मुद्दा दायर गरेको थियो ।
सरकारी तथ्याङ्कअनुसार नेपालभर अहिले बोतल र जारको पानी बिक्री गर्न भन्दै ६ सय उद्योग सञ्चालनमा छन् । जसमध्ये काठमाडौं उपत्याकामा मात्रै पानी उद्योगको संख्या २ सय छ ।
- पानीको जाँच कसले र कहिले गर्छन्?
केयूकेएलले वितरण गर्ने धाराको पानी वितरण गर्नुअघि त्यसको गुणस्तर जाँच गरिन्छ। प्रशोधनपछि पिउन योग्य बनाइने भनिएको पानीमा क्लोरिन, कोलिफर्म र ई. कोलाई नामक ब्याक्टेरियाको मात्रा परीक्षण गरिने जानकारी कार्कीले दिए।
“बोडे, बाँसबारी र महाङ्कालमा गरी हाम्रा तीनवटा प्रयोगशाला छन्। हामीले वितरण गर्ने पानी प्रशोधन गर्नुअघि र पठाउनुअघि जाँच गर्छौँ। त्यो पिउन योग्य छ भने मात्र वितरण गर्छौँ,” उनले भने।
पिउने पानीमा प्रतिलिटर ०.१ देखि ०.२ मिलिग्राम क्लोरिन छ भने त्यो पिउन योग्य हुन्छ। पानीमा रोग लगाउन सक्ने पदार्थ रहेको सङ्केत गर्ने जीव र कोलिफर्मको पनि जाँच हुन्छ।

तस्बिर स्रोत,Science Photo Library
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पानीमा ० देखि १ कोलिफर्म छ भने त्यो पानी पिउन योग्य मानिन्छ। एकदेखि तीन वटा छन् भने ठिकै, चारदेखि नौ भए सन्दिग्ध र १० भन्दा बढी भए पिउन अयोग्य ठहरिन्छ।
हैजा वा झाडापखाला लाग्नबाट बच्न पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा तीन थोपा तरल क्लोरिन मिसाएर मात्रै पिउन विज्ञहरूले सुझाव दिएका छन्।
तर उपत्यकावासीले धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानी सुरक्षित मानेर नउमाली पिउने गरेको पाइएको छ। विशेषगरी जार र बोतलको पानी परीक्षण गरिने विश्वास रहेकाले धेरै मानिसले नउमाली पिउने गरेको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का करर्मचारी बताउँछन्।
“केयूकेएलले वितरण गर्ने पानी धाराबाट आउने भएकाले धेरैले त्यसलाई प्रशोधन र परीक्षण गरिएको छ भन्ने ठान्दैनन् र तताएर पिउँछन्। तर जारको पानी सबै ढुक्कसँग नउमाली पिउँछन्,” उनले भने।
ई. कोलाई मानव मलमूत्रमा हुने जीवाणु हो। यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ। त्यसैले यो पुष्टि भएको खण्डमा पानी पिउन अयोग्य हुन्छ।
“जाँच गर्दा यी सबैको मात्रा मापदण्डअनुरूप भयो भने मात्र हामीले त्यसलाई सेवाग्राहीसम्म पठाउने हो। तर हामीले पानी पठाउन प्रयोग गर्ने प्रणालीहरू पुराना भएको र त्यसमा भएका चिरामार्फत् फोहोर पस्ने सम्भावना रहन्छ,” उनले भने।
त्यसैले कसैको धाराबाट फोहोर पानी आएको गुनासो आएमा त्यसको जाँच र त्यहाँसम्म जडित संरचना मर्मतसम्भारमा जोड दिएको करर्मचारीको दाबी छ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.