
काठमाडौं । नेपाल सरकारको खाद्य सुरक्षासम्बन्धी निकायले खास गरी काठमाडौँ उपत्यकाभित्र ‘जार’को पानी प्रयोग गर्ने क्रममा उपभोक्तालाई सजग रहन आग्रह गरेको छ।
जार वा बोत्तलको पानी भनेर मख्ख पर्दै पिउने गर्नु भएको छ भने तपाई अब अस्पताल वा स्वास्थ्य संस्था जान तयार भएर हुन्छ । राजधानी तथा शहरी क्षेत्रमा व्यापारीले बिक्री गर्दै आएका जार वा बोत्तलको पानी खराब र पिउन अयोग्य रहेको पाइएको छ ।
मानव स्वास्थ्यमाथि चरम रुपमा खेलबाँड भइरहेको छ । तर नियमन गर्ने सरकारी निकाय भने थाहा पाएर पनि थाहा नपाएको जस्तै गरेर बसीरहेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले गरेको पछिल्लो अनुसन्धानमा जार तथा बोत्तलको मिनिरल वाटर खान योग्य नभएको, प्रदूषित किटाणु तथा अखाद्य वस्तु रहेको पत्ता लगाएको हो ।
इको ब्रान्डको मिनरल वाटर काठमाडौंको चर्चित किम्ची फास्टफुड एण्ड तन्दुरी रेष्टुरेन्टमा राखिएको मिनरल वाटरको बोटलमा किरा भेटिएको छ ।
शुक्रबार काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टका ग्राहकले पानी पिउने बेलामा सो मिनरल वाटरको बोतलमा किटाणु फेला पारेका थिए ।
सो मिनरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणका लागि कृषि तथा पशुपक्षी विभागमा पठाएको छ ।
मिनरल वाटरको बोतलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाडौं महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिए ।

प्राविधिक पराजुलीका अनुसार काठमाडाैं महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु किटाणु हो/होइन भन्ने कुरा परीक्षण गरेर मात्रै कानुनी कारबाहीको प्रक्रियामा अघि बढाइनेछ ।
पिउने पानीको बोटलमा नै किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट सञ्चालकलाई राखेर बोटल सिल गरेको छ ।
पछिल्लो समय महानगरले स्वास्थ्यलाई ध्यान दिएर रेष्टुरेन्टमा खानेकुराकानीको गुणस्तरमा कडाई गर्न थालेको छ । उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने किम्चीमाथि थप कारबाही गर्ने महानगरको तयारी छ।

गत बर्ष मंसिर ११ गते, २०८० सोमवारका दिन कागेश्वरी मनोहरा–६, काठमाडौंस्थित ए एण्ड बि वेभरेज ईन्ड्रष्टिजले उत्पादन गरेको सिलप्याक मिनरल वाटरको बोटलमा माकुरा पाइएको थियो ।
काठमाडौं महानगरपालिकाले सिलप्याक अवस्थामा रहेको मिनरल वाटरको बोतलमा रहेको पानीभित्र मरेको माकुरो जस्तो देखिने किरा देखिएका भन्दै उक्त कम्पनीलाई नगद एक लाख रुपैयाँ जरिवाना तिराएको थियो ।
उक्त वेभरेज कम्पनीलाई खेलिएको ‘यस लटको पानी नष्ट गरेर शुद्धता कायम गरेरमात्र विक्रि गर्ने सम्बन्धमा’ विषयको पत्र पठाएको थियो ।
अनुगमन समितिले पानी कम्पनीलाई आइन्दा पानीको बोतलमा ध्यान दिन सुभाव दिएको थियो । महानगरले खाने पानी भर्नु अघि अनिवार्य निर्मलीकरण, समय समयमा ल्याब परिक्षण गरि प्रतिवेदन ढुवानीकर्तालाई समेत उपलब्ध गराउन सुझाव दिदै आएको छ ।
-
नाइस पानीमा भेटियो किरा र लेउ
२०७६ जेष्ठ १२, आईतवार महोत्तरीको बर्दिवासको नाईस पानीको जारमा मरेको किरा भेटेको थियो । खानेपानीको जारमा
मरेको किरा र बोटलमा लेउ भेटिएको समाचारले निकै चर्चा पायो।
धनुषाको चारनाथ गणेणमान नगरपालिका भरतपुरबाट आयुष प्रशोधित पिउने कम्पनीले उत्पादन गरेको नाइस पानीमा मरेको किरा र लेउ भेटिएको हो ।
बर्दिबासस्थित जनता किराना पसलबाट उपभोक्ताले खरिद गरेको नाइस पानीको शिलबन्द बोतलभित्र मरेको किरा र लेउ भेटिएपछि पसल सञ्चालक नविन कुमार यादवले स्थानीय सञ्चारकर्मीलाई जानकारी गराएका छन् ।
यसअघि पनि यस कम्पनीद्वारा उत्पादित नाइस पानीमा किरा भेटिएको थियो । जिल्लाकै औरहीमा रहेको महावीर कोल्ड स्टोरमा किरा सहितको बोतल फेला परेको थियो ।
स्थानीय एक बैंक कर्मचारीले खरिद गरेर पानी प्रयोग गर्न क्रममा पानी बोतलभित्र किरा देखेपछि स्थानीय प्रहरी र सञ्चारकर्मीलाई समेत जानकारी गराएको थियो ।
-
दुगड ग्रुपको ‘आक्वा हन्ड्रेड’ नामक बोतलको पिउने पानीमा किरा

ठूला घरानीया कम्पनिबाटै उत्पादन भएको पिउने पानी ‘मिनरलवाटर’मा २०७५ मंसिर २० गते बिहिबारका दिन अखाद्य बस्तु अर्थात ‘किरा’ भेटिएको थियो । एचसी दुगड समुहद्वारा उत्पदन भएको ‘आक्वा हन्ड्रेड’ नामको पानीमा अखाद्य पदार्थ भेटिएको हो ।
उक्त पानीमा किरा र सांला भेटिएपछि एक उपभोक्ताले उपभोक्ता हित संरक्षण तथा वाणिज्य विभागमा उजुरी समेत गरेका थिए ।
दुगड समूहले उत्पादन गरेको के ०१८ ब्याच नम्बर रहेको पानीमा खुला आँखाले देखिनेगरी साङ्ला भेटिएको
थियो । सो कम्पनीले १४–११–२०१८ मा १४ बजेर ४१ मिनेटमा प्याक गरिएको बोटलमा साङ्ला भेटिएको हो । बजारमा खुद्रा पसलमा खरिद गरिएको सो पानीको बोटलभित्र साङ्ला भेटिए सरोकारवाला निकाय मौन छ ।
नेपालको आफ्नो, नेपालमा बनेको भन्ने नारा लेखेर बजारमा पठाएको सो पानी आक्वा मिनिरल नेपाल प्राइभेट लिमिटेड एचसी दुगड ग्रुपले उत्पादन गर्दै आएको छ ।
सहरी क्षेत्रमा अत्यधिक रूपमा देखिएको खानेपानीको मागलाई पूर्ति गर्ने उद्देश्यले नेपाल सरकारबाट स्वीकृति प्राप्त पानी कम्पनीहरुले दूषित पानीको बिक्री गरी मन्दविष नै बेचेको आरोप उपभोक्तावादीहरुको रहेको छ ।
मानव स्वस्थ्यमाठाडै असर गर्ने हुँदा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १८ को ग अनुसार कारबाही गरी पाउँ’ भनि दर्ता नं. ९२९ निवेदन दिएका थिए । उक्त निवेदनलाई विभाग र कम्पनिको मिलेमतोमा सामसुम परिएको उपभोक्ताको गुनासो थियो ।
यो पनि पढ्नुहोस् :
- उपत्यका भित्र पानीको जार तथा बोटल पिउन अयोग्य
-
मिडिया बाँध्न मिडिया काउन्सिल विधेयक- अब,आम सञ्चार परिषद् रहने
विभागले विगतमा सार्वजनिक गरेका विवरणमा आर्थिक वर्ष २०८०/८१ मा परेका खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी १७८ वटा मुद्दामध्ये एक चौथाइ प्रशोधित पानीसम्बन्धी रहेको देखिन्छ।
यसमा केही साना ‘मिनरल वाटर’बारे छन् भने धेरैजसो ‘जार’को पानीसम्बन्धी रहेको देखिन्छन्। काठमाडौँका विभिन्न स्थानमा हैजाको सङ्क्रमण देखिएका बेला ‘जार’का पानी समेतका नमुना लिइएको भए पनि त्यसको नतिजा आइनसकेको विभागले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको विवरणमा हालै ललितपुरमा २४ र कैलालीमा आठ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो। त्यसबाहेक प्युठानमा दुई जना एवं काठमाडौँ र भक्तपुरमा एक-एक जनामा हैजा देखिएको थियो।
पानी जाँच गर्दा पाइने ‘ई. कोलाई’जस्ता जीवाणु सबैजसो हकमा मानव शरीरलाई हानिकारक भइनहाल्ने भए तापनि त्यसका केही प्रकारले स्वास्थ्यमा नराम्रो असर पार्ने बताइन्छ।
काठमाडौँमा बिक्री गरिने जारको पानीमा हानिकारक जीवाणु भेटिएको तथ्य सार्वजनिक भए पनि दोषीमाथि कारवाही नगरेर विधि र कानुनलाई खिल्ली उडाइएको छ ।
परीक्षण गर्ने नाष्ट तथा नियामक निकाय खाद्य प्रविधि दुवैले पानी कम्पनीमाथि कारवाही त भएन भएन त्यस्ता प्रदूषित पानी बेच्ने कम्पनीको नाम समेत सार्वजनिक हुन सकेको छैन ।
जारका पानीको नियमन तथा नियन्त्रण गर्ने अधिकार कुन निकायको हो भन्ने बारेमा समेत हालसम्म कुनै आधिकारिक निकाय देखिएको छैन । खानेपानी तथा सरसफाई मन्त्रालयले सफा पानी वितरण र नियमनको अधिकार राख्ने जानकारहरु बताउँछन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.
You must be logged in to post a comment.