प्रधानमन्त्री ओलीसँग भारतका विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौँ, साउन २७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार आइतबार दिउँसो विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको हो।

भेटमा नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो। विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुग्नुभएको हो।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading