नेप्सेको कारोबारमा ‘रेकर्ड’ : २७ अर्ब २४ करोडको खरिद–बिक्री ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार ‘रेकर्ड’ ब्रेक गरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख बढीको सेयर खरिद बिक्री भएको छ । कारोबारसँगै सेयर बजार पनि ७०.८१ अंकले बढेको छ । आजको कारोबारपश्चात समग्र बजार मापक परिसूचक २९३१.६५ मा कायम छ । आइतबार ९४.५३ अंकले बजार बढ्दा २५ अर्ब ७७ करोडको सेयर खरिद बिक्री भएको थियो ।  यसदिनको कारोबारमा १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन सात वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading