साविक सिभिल बैंक सेयर लगानीकर्ताको ९ करोड अलपत्र

हिमालयनमा मर्ज हुनुपूर्वका सिभिल बैंकका निक्षेपकर्ता तथा सेयर लगानीकर्ताको ९ करोड रुपैयाँ अलपत्र परेको छ। मर्जरपछि भनेको हिमालयन बैंक लिमिटडले मंगलबार सूचना जारी गर्दै सो रकममा दाबी गर्न लगानीकर्ता तथा निक्षेपकर्तालाई आग्रह गरेको छ।

साविकको सिभिल बैंकमा २०५० देखि २०७५ सालसम्म खाता निष्क्रिय भइसकेका र निक्षेप लिन नआएका ग्राहक र लभांश लिन नआएका लगानीकर्तालाई रकम दाबी गर्न आह्वान गरिएको हो।

यो २५ वर्षमा सेयर लगानीकर्तालाई बैंकले लभांशबापत दिएको ९ करोड ७० लाख १७ हजार १७४ रुपैयाँ भुक्तानी हुन बाँकी छ। बैंकले वितरण गरेको लाभांश रकम तथा बोनस सेयर प्राप्त गर्न नसकेका सेयरधनीले आफूसँग भएका कागजपत्रसहित बैंकको सेयर प्रबन्धक हिमालयन क्यापिटल कमलपोखरीमा उपस्थित हुन भनेको हो।

यस्तै डिम्याट अध्यावधिक गरी सेयर तथा लाभांशमा दाबी गर्न पनि बैंकले आग्रह गरेको छ। निक्षेपकर्ताको हकमा भने बैंकको शाखा कार्यलयमा कागजातसहित सम्पर्क गर्न भनिएको छ।

सिभिलको प्रतिकित्ता १६८ रुपैयाँमा ५ लाख ७७ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार मध्ये सिभिलको मात्रै ९ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सिभिलको सेयर मूल्य सस्तो हुनुका साथै गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई बोनस घोषणा गर्न लागेपछि लगानीकर्ता लोभिएर बढी सेयर किनेका हुन् ।

सिभिलको लाभांश घोषणा भएको छैन् । अन्य बैंकको तुलनमा सेयर मूल्य सस्तो हुनुका साथै आगामी दिनमा राम्रो प्रतिफल दिने आशामा लगानीकर्ताले सेयर किनेको एक ब्रोकरले बताए ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading