हतियार व्यवस्थापन गर्दा मेरो पार्टी विभाजन भयो, तर देश बच्यो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताएका हुन् ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको बताए । ‘संसारभर चल्ने यस प्रकारका युद्धहरू कि त हारमा परिणत भएका छन् कि सम्पूर्ण रूपले जितमा तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्,’ पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको छ । अरु देशको नक्कल यसमा छैन ।’

प्रचण्डले हतियार व्यवस्थापन गरेकै कारणले आफ्नो पार्टी विभाजित भएको समेत दाबी गरे । ‘बिना कुनै खुन खराब त्यो सफल गरियो,’ उनले भने, ‘एउटै मात्रै क्षति मेरो पार्टीले व्यहोर्नु पर्‍यो । मैले हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो । देश बच्यो । शान्ति स्थापित भयो । त्यस कुरामा मलाई गर्व छ ।’

शान्ति प्रक्रिया थालनीका मूलभूत दुई पक्ष सफल भएका पनि प्रचण्डको भनाइ थियो । ‘राजनीतिक रूपमा राजतन्त्रात्मक निरंकुश व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था स्थापना भएको छ भने संविधानसभाबाट नयाँ संविधान बनि नयाँ संविधानमा राजनीतिक उपलब्धिहरू संस्थगागत पनि भएका छन्,’ उनले भने ।

प्रचण्डले नेपालको हतियार व्यवस्थापन र सेना समायोजन पनि सरल र सहज ढंगले भएको स्मरण गरेका छन् । सेना समायोजनन र हतियार व्यवस्थापन जटिल विषय भए पनि नेपालमा आधुनिक हतियार व्यवस्थापन र ठूलो संख्याको सेना समायोजना जटिल रहे पनि सहजै सम्पन्न भएको बताए । उनले राजनीतिक नेतृत्वले जोखिम उठाएर सेना समायोजन गरिएको उनले बताए । सेना समायोजन गर्दा माओवादी पार्टी विभाजन भएर आफूलाई क्षति भएपनि देश बाचेको र शान्ति स्थापना भएको प्रचण्डले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया रहेको कुरामा आफ्नो समर्थन रहेको बताउँदै प्रचण्डले भने, ‘यही शान्ति प्रक्रिया युरोप या पश्चिमा देशहरूमा भएको भए सायद यसको मान्यता स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो होला ।’ संसदमा ल्याइएको विधेयक पीडितका पक्षमा रहेको दाहालले बताए । उनले अन्तर्राष्ट्रिय समुदायमा पनि विधेयकमाथि सहमति रहेको जानकारी उनले बताए ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading