
काठमाडौँ ।– आज ड्रिमसिटि एब्रोड एजुकेसन कन्सलटेन्सी सेवाको नयाँ युगमा प्रवेश गरिएको छ। कन्सलटेन्सीको उदघाटन समारोह भव्यरूपमा सम्पन्न भएको छ। समारोहमा प्रमुख अतिथि पेमा छिरिङ शेर्पा , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरू, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरु, विद्यार्थीहरू, शुभचिन्तकहरुको पस्थिति रहेको थियो ।
ड्रिमसिटि एब्रोड एजुकेसन कन्सलटेन्सीले नयाँ प्रकारका शैक्षिक परामर्श सेवाहरू प्रदान गर्ने उद्देश्यले आफ्नो नयाँ यात्रा सुरु गरेको छ । यस कन्सलटेन्सीले बैदेशिक शिक्षाका लागि जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, कोरिया लगाएत अन्यमुलुकको शिक्षैक भिषा तथा रोजगारको रणनीतिहरूमा विशेषज्ञ परामर्श दिने छ ।
उदघाटन समारोहका अवसरमा कन्सलटेन्सी सञ्चालक दोय महेश चालिले र सुमन लुइँटेलले कम्पनीको उद्देश्य र भविष्यका योजनाहरूका बारेमा बताताउनु भयो । सञ्चालक चालिले भन्नु भयो- , “हाम्रो लक्ष्य भनेको शैक्षिक क्षेत्रलाई नयाँ दृष्टिकोण र समाधानहरू प्रदान गर्नु हो, जसले गर्दा हाम्रो विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै सफलता सुनिश्चित गर्न सकियोस् ।”
नेपालबाट हरेक वर्ष सयौँ विद्यार्थीहरु उच्च शिक्षा हासिलका लागि विभिन्न मुलुकका युनिभर्सिटी र कलेजतर्फ जाने गरेका छन् । पछिल्लो समय वैदेशिक शिक्षामा नेपाली विद्यार्थीको रोजाई जापान मुख्य हुने गरेको छ । विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै केही वर्षयता नेपालमा सयौँ शैक्षिक परामर्श केन्द्रहरु खुलेका पनि छन् । तर, हामी थप नयाँ कुराको दिनेमा आफु पूर्ण विश्वास रहेको जानकारी दिनु भयो ।
अर्का कन्सलटेन्सी सञ्चालक लुइँटेलले भन्नु भयो- सहि परार्मशसगैँ विद्यार्थीहरुले छान्ने विषय र उनीहरुको पढाईले नै छात्रावृत्ति पाउन मद्दत गर्छ । यसमा विश्वविद्यालयको मापदण्ड छ । त्यसका लागि विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता र आईएलटिएसको प्राप्त अंकको आधारमा व्याचलरमा ६५ प्रतिशतभन्दा माथि अंक छ भने उनीहरुले कलेजको मापदण्ड अनुसार आशिंक वा पुरै छात्रवृत्ति पाईरहेका छन् । यदि त्यो अवसरबाट कोही छुट्नु भएको छ भने हामीकोमा आएर एक पटक परामर्श लिन अनुरोध पनि छ सञ्चालक सुमन लुइँटेलले भन्नु भयो ।
समारोहमा प्रमुख अतिथि पेमा छिरिङ शेर्पाले भन्नु भयो सही शैक्षिक परामर्श दिनु आजको आवश्यकता हो, यसको मुख्य उद्देश्य यही पनि हो । हो बजारमा धेरै कन्सल्टिन्ङ हरु छन् । तर जसले शैक्षिक परामर्श राम्रो दिन्छ, आफ्नो जिज्ञासाहरुको सहि मार्ग दर्शन जसले प्रदान गर्छ, जो भविष्य सम्मपनि सँगै हुन्छ र जसले गन्तब्य सम्म पनि साथ दिन्छ, त्यसलाई नै हामीले प्राथमिकतमा राख्नुपर्छ ।, ड्रिमसिटि एब्रोड एजुकेसन कन्सलटेन्सी तथा विद्यार्थीहरू बीचको भविष्यको मार्गचित्रमा ल्याउने परिवर्तनहरूको बारेमा प्रकाश पार्नु भयो ।
यस कन्सलटेन्सीले ग्राहकहरूको आवश्यकता अनुसार विशेष योजनाहरू बनाउने र उत्कृष्ट सेवाहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यसका साथै, कम्पनीले नेपालमा नयाँ व्यवसायिक अवसरहरू सिर्जना गर्ने र व्यावसायिक परामर्शको क्षेत्रमा नयाँ मानक स्थापना गर्ने लक्ष्य राखेको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.
You must be logged in to post a comment.