धर्मको नाममा ‘धन्दा’ चलाइरहेका ठग महाराज

जीवन शर्मा- निगरानी ब्युरो/काठमाडौँ ।
गुल्मीको घुर्कोटवस्तु-१ मा बि.सं. २०४४ साल असार १ गते जन्मेका विजय भण्डारीले आफ्नो प्रारम्भिक शिक्षा जन्मस्थान गुल्मीबाटै प्राप्त गरे । उनका बुवा मनिराम माओवादीका एरिया कमिटी सचिव थिए ।

गुल्मी धुर्कोटबस्तु घर भएका भण्डारी जनयुद्धकालमा तत्कालीन माओवादीको भ्रातृसंगठन अखिल क्रान्तिकारीमा लागेका थिए । स्थानीयका अनुसार उनका बाबु मनिराम पनि त्यतिबेला माओवादीको एरिया कमिटी सचिव बनेका थिए ।

माओवादीमा आबद्ध भएको भन्दै प्रहरीले खोजी सूचीमा राखेपछि भण्डारीले स्थानीय हिमालय उच्च माविको आठ कक्षा पास गर्नेबित्तिकै आफन्तको सहयोगमा काठमाडौं आएर थानकोटस्थित अरबिन्दो योगा मन्दिर आश्रममा बसेर आश्रमकै सहयोगमा माउन्ट भ्याली स्कुलबाट एसएलसी पास गरेका थिए । उनीसँगै आश्रममा बसेका विद्यार्थीहरूका अनुसार आश्रममा रहेका बेला गाडीको टायर चोरेको आरोप प्रमाणित भएपछि उनी स्कुलबाट निकालिएका थिए ।

आश्रमबाट निकालिएकै समयमा उनका बाबु मनिराम पनि आर्थिक अपचलन आरोपमा पार्टीबाट निष्कासनमा परेका थिए । बाबुको पदचिन्हमा हिँड्दै विजय पनि माओवादीनिकट अखिल क्रान्तिकारीमा संलग्न भए । तर, प्रहरीको निशानामा परेपछि ८ कक्षा पढ्दै गर्दा गाउँ छोडेर काठमाडौं आए र यहीँबाट एसएलसी उत्तीर्ण गरे ।

काठमाडौंको थानकोटमा रहेको अरविन्द योगा मन्दिर आश्रममा बसेर माउन्ट भ्याली विद्यालयबाट उनले एसएलसी पास गरेका थिए । बुवा मनिरामलाई माओवादीले आर्थिक हिनामिना गरेको आरोपमा पार्टीबाट निस्काशन गर्दै गर्दा यता छोरा पनि आश्रमबाट निकालिएका थिए । कान्तिपुर दैनिकले २०७६ सालमा प्रकाशित गरेको एक समाचारमा उल्लेख भए अनुसार उनले गाडीको टायर चोरेको आरोप प्रमाणित भएपछि आश्रमबाट लखेटिएका हुन् भन्दै समाचार प्रकाशन गर्यो त्यो समाचार निकै भाइरल बन्यो ।

भण्डारी पहिले पनि धार्मिक आवरणमा ठगी गर्दै आएका व्यक्ति हुन्।आफुले आफुलाई निकै चतुर अवि बाठो सावित गर्न खोज्ने श्री विजय कृष्ण मुर्तिजी महाराज उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी धर्मकोनाम कलंक पापी हुन् भन्दा उनको क्रियाकलापले खासै फर्क नपर्ला भन्न सकिन्न ।

एसएलसीपछि भण्डारीले के–कति अध्ययन गरे भन्ने स्पष्ट छैन । यद्यपि, उनले बैंगलोर लगायत विभिन्न विश्वविद्यालयबाट संस्कृतमा उच्चशिक्षा लिएको दाबी गर्छन् ।

गुल्मीको धुर्कोट ५ घर भएका भण्डारीले काठमाडौंकी नेवार समुदायकी एक महिलासँग विवाह गरेका थिए । २०६८ वैशाख महिनाबाट भण्डारीले गेरुवस्त्र धारण गरेर पुराण भन्न थाले । पुराणबाट उनले ५ लाख रुपैयाँ जुटाएर कलंकीमा भागवत पुराण लगाए त्तकालिन समयमा सबैलाई उल्लु भनाएका थिए। त्यसबाट राम्रै आर्थिक उपार्जन भएपछि उनले यसैलाई आफ्नो ‘व्यवसाय’ बनाउँदै आएका छन् । विभिन्न स्थानमा महायज्ञ, धानाञ्चल, कोटिहोम आदि नाममा धार्मिक अनुष्ठानको व्यवस्थापन गर्दै त्यसमा उठेको ठूलो दान रकम कुम्ल्याउने गर्छन् ।

२०६८ सालमै उनले मानव कल्याण आध्यात्मिक परोपकार संघ नाम संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गरे। आफ्नो नाम आफैंले बदलेर ‘विष्णु प्रपन्नाचार्य महाराजजी’ कहलाए । उनले आफ्नो संस्थामार्फत अमेरिकामा धार्मिक कार्यक्रम गर्ने भन्दै पैसा उठाउन थाले। धार्मिक अनुष्ठानका लागि नेपालबाट १०८ जना अमेरिका लैजाने भन्दै उनले जनही १ लाख रुपैयाँ उठाउने अभियान चलाएका थिए। कूल खर्च ५ लाख ५० हजार लाग्ने बताएर सुरुमा पेस्कीस्वरुप १–१ लाख उठाउन सफल भए ।

तर, अमेरिकामा त्यस्तो कुनै कार्यक्रम नरहेको थाहा पाएपछि पैसा दिनेहरुले फिर्ता माग्न थाले। केहीलाई उनले चेक दिएर थुम्थुम्याए। तर, खातामा पैसा नभएपछि पीडितहरु प्रहरीदेखि वैदेशिक रोजगार विभागसम्म धाउन थाले। काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा ३३ जनाले एक करोड ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा भण्डारीविरुद्ध उजुरी दिएका थिए ।

अन्ततः २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले भण्डारीलाई दसैं मनाएर घरबाट फर्कने क्रममा पक्राउ गर्यो। भण्डारीसँगै उनकी श्रीमती सुलोचनाविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा २०७१ असोज १ गते मुद्दा दायर भयो। एक जनाले ३ लाख रुपैयाँ सुलोचनाको नाममा पठाएकाले उनी पनि फन्दामा परेकी थिइन् ।


  • भण्डारी माथिको अभियोग?

भण्डारीले समाजमा विभिन्न माध्यमबाट पैसा कमाउने बाटो नरोजेको भने होइन । गाउँघरको सरसामान चोरी देखि विभिन्न सीधा/साधालाई आफ्ने वहसमा सहजै सफल पार्न सक्छन् । यो उनको कला र ग्रहले दिएको साथ हो ।

पहिले पनि धार्मिक आवरणमा ठगी गर्दै आएका व्यक्ति हुन् श्री विजय कृष्ण मुर्तिजी महाराज उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी । धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै ३ जनालाई अमेरिका लैजान प्रतिव्यक्ति ४ लाख उठाएर घनको लालचमा पर्न थाले।

ठगी अभियोगमा गुल्मीमा पक्राउ परेका विजय भण्डारीबारे नेपाल साप्ताहिकमा छापिएको समाचार

अमेरिकाको एक धार्मिक कार्यक्रममा सहभागी गराउने र उतै रोजगारी मिलाइदिने भन्दै उनले रकम उठाएको न्यायाधिकरणबाट भएको फैसलामा उल्लेख छ। ३ जनाबाट १२ लाख रकम उठाए पनि उनले अमेरिका लान सकेन्न् । यहि कारण आज उनको घ

रकम फिर्ता दिन पनि अस्विकार गरेपछि पीडितहरु प्रहरी कार्यालय पुगे। प्रहरीले वैदेशिक रोजगार ठगीमा अनुसन्धान थाल्यो। र, वैदेशिक रोजगार न्यायाधिकरणमा भण्डारीसहित ३ जनाविरुद्ध अभियोगपत्र दायर भयो।

बुटवल उपमहानगरपालिका बस्दै आएका रमेश खनाल, काठमाडौंका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीसहित सुशीला भण्डारी र ईश्वर खड्काविरुद्ध जाहेरी दिएका थिए। बयानमा भण्डारीले उक्त अभियोग स्वीकार गरेका थिए। बयानमा भण्डारीले आफूले वैदेशिक रोजगारका लागि नभई जाहेरीवाला अधिकारीसँग धार्मिक कार्यक्रम गर्न डेढ लाख रुपैयाँ ऋण लिएको र अरु मान्छे लगाएर जबरजस्ती वैदेशिक रोजगारको कागज गराएको जिकिर गरेका थिए।

उनको उक्त बयानपछि न्यायाधिकरणले २०७० माघ १९ गते धरौटीमा छोड्ने आदेश गरेको थियो। पहिले विष्णु प्रपन्नाचार्य नामबाट चिनिने उनी ३ लाख धरौटी बुझाएर रिहा भएपछि बालगोपालेश्वर महाराज बने।

भण्डारीको मुद्दामा न्यायाधिकरणले २०७५ जेठ २७ गते फैसला सुनाएको थियो। न्यायाधिकरणका तत्कालीन अध्यक्ष सत्यराज गुरुङ, सदस्यद्वय देवेन्द्रराज ढकाल र रमादेवी पराजुलीको इजलासले उनलाई दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना हुने फैसला सुनायो।

‘प्रतिवादी विजय भण्डारी ‘विष्णु प्रपन्नाचार्य’ ले सुशीला भण्डारी र ईश्वर खड्का समेतको मिलेमतोमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने इजाजत अनुमतिपत्र नलिई जाहेरवालाहरुलाई वैदेशिक रोजगारमा संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनी झुटा आश्वासन प्रलोभनमा पारी रकम  लिएको देखिन्छ,’ न्यायाधिकरणको फैसलामा भनिएको छ, ‘भने बमोजिमको रोजगारमा नपठाएको र लिएको रकमसमेत फिर्ता नगरेको प्रतिवादीको उक्त कार्य वैदेशिक रोजगार ऐन २०६४ को दफा १० र ४३ विपरीतको कसुर अपराध गरेको ठहर्छ।’

‘२०६८ फागुन १२ गते प्रतिवादी विजय भण्डारीले रकम फिर्ता नगरे म फिर्ता गर्छु भनी जमानी बसेका अन्य दुई प्रतिवादीलाई दोषी ठहर गर्न नमिल्ने’ न्यायाधिकरणको फैसलामा उल्लेख छ।

बिगोको हकमा जाहेरवालाहरुले बिगो फिर्ता पाइसकेँ भनी निवदेन दिएकाले सो तर्फको दाबी पुग्न नसक्ने फैसलामा उल्लेख छ।  रकमसमेत फिर्ता भएकाले साक्षी बसेका प्रतिवादी सुशीला भण्डारी र ईश्वर खड्काको हकमा सफाइ पाउने न्यायाधीकरणको ठहर थियो।

भण्डारीविरुद्ध जिल्ला अदालत काठमाडाैंकाे कैद फैसलाकाे पूर्णपाठ

फरार अभियुक्तलाई प्रहरीको सम्मान

वैदेशिक रोजगारीमा ठगीको अभियुक्त भएकाले फैसला कार्यान्वयन गर्न न्यायाधिकरणले जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र लेखेको थियो।

‘२०७५ सालमा फैसला भएपछि कार्यान्वयन गरिपाऊँ भन्दै न्यायाधिकरणले पत्र लेखेको थियो,’ न्यायाधिकरणका श्रेष्तेदार गोविन्द घिमिरेले भने, ‘तर अभियुक्तको बारेका प्रहरी कार्यालयले कुनै जवाफ दिएन।’ अभियुक्त पक्राउ परेपछि लगत कट्टा हुने भएकाले हालसम्म नआएको हुन सक्ने उनको बुझाइ छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र प्रदेश सरकारका एक मन्त्रीसमेत महायज्ञको पूर्वसन्ध्यामा भण्डारीलाई निवासमै भेट्न पुगेका थिए।

यसरी फरार अभियुक्त भण्डारीलाई भने स्थानीय प्रहरी/प्रशासनले प्रोत्साहन दिँदै आएको छ। उनलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल, प्रहरी प्रमुख एसपी दीपककुमार बस्नेतसहितका सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए।

भण्डारीले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट २०४४ असार १ गते जन्ममिति उल्लेख गर्दै साबिक बस्तु गाविस-३ घर ठेगानामा २०६३ असोज ९ गते पहिलो पटक नागरिकता प्राप्त गरेका थिए ।


  • ठग महाराजको भुभुलैया भुलि हस्तिपत्रकार

नेपाली पत्रकरितामा एक क्षत्रराज गरेर नाम कामएका केहि पत्रकारहरुलाई पनि ठग महाराज- श्री विजय कृष्ण मुर्तिजी महाराज उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारीले  भुभुलैया पारिदिए । आचार संहितामै पेशागत मर्यादाबारे स्पष्ट लेखिएतापनि प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, रिपोर्टस क्लबका संस्थापक तथा टेलिभिजन प्रस्तोता ऋषि धमला, तमसोमा ज्योतिगर्मय कार्यक्रमका संचालक टिकाराम यात्री, रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदी लगायत दर्जनौ पत्रकारका तस्बिरहरु मानवसेवा फाउण्डेसनको फेसबुक पेजमा राखिएको देख्न सकिन्छ ।

२०७३ मंसिर ६ मा काठमाडौंले जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले विष्णु प्रपन्नाचार्य बताउने विजय भण्डारीलाई २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला गरेको थियो । त्यसअघि उनी पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रिय कारागारमा २०७१ असोज ६ गते पुर्पक्षका लागि थुनामा पुगेका थिए । अदालतको फैसलापछि कैद सजाय भुक्तान गरेर उनी २०७३ चैत १४ मा रिहा भएका थिए ।

महाराज’ विरुद्ध ठगी मुद्दा ।

त्यसो त जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै महाराज उच्च अदालत पाटन पनि पुगे । २०७५ मंसिर ११ मा उच्च अदालतले जिल्लाकै आदेश सदर गरिदियो ।

अदालतबाट पीडितकै पक्षमा फैसला भए पनि त्यतिबेला ठगिएकाहरूले पैसा भने अझै पाएका छैनन् । महाराजको यो पहिलो जेल यात्रा भने थिएन ।

२०६९ कात्तिक १४ पनि ठगी मुद्दाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर वैदेशिक रोजगार विभागलाई बुझाएको थियो ।

बुटवलका रमेश खनाल, काठमाडौं मच्छेगाउँका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारी ठगी मुद्दामा जाहेरी दिएका थिए ।

विभागले अनुसन्धान गरी उनीविरुद्धको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणको कार्यालयमा दर्ता गरेको थियो ।

लामो बहसपछि न्यायाधिकरणको कार्यालयले २०७५ जेठ २७ गते उनलाई एक वर्ष ६ महिना कैद र १ लाख ५० हजार बिगो जरिवाना ठहर गरेको थियो ।

मुद्दा सुनवाइकै क्रममा उनी २०६८ साउन ३२ मा एक दिन, २०६८ फागुन ११ मा एक दिन र २०६९ कात्तिक १४ मा दुई दिन मुद्दाको पुर्पक्षका लागि थुनामा परेका थिए ।

थुनामा बसेको दिन कटाएर उनले एक वर्ष ५ महिना २७ दिन कैद सजाय भुक्तान गर्नुपर्ने देखिन्थ्यो ।

फैसलाको निर्णय पनि बुझ्न नआएपछि न्यायाधिकरणको कार्यालयले अन्तिम फैसलाको सूचना उनको घरमा टाँस गर्न भन्दै २०७५ चैत २४ गते जिल्ला अदालत गुल्मीलाई पत्राचार गरेको थियो । उनको घर नभेटेपछि धुर्कोट गाउँपालिका– ५ को वडा कार्यालयको भित्तामा फैसला टाँस गरेका थिए ।

न्यायाधिकरणको फैसलापछि उनी स्वतः फरार अभियुक्तका रूपमा दरिएका थिए । प्रहरी र कानुन कार्यान्वयन गर्ने जुनसुकै सरकारी निकायले उनलाई पक्राउ गरेर बुझाउन सक्थे । तर राजनीतिक कनेक्सनका आधारमा उनी लुकिछिपी धार्मिक गतिविधिमा सक्रिय भइराखे । गत भदौ २८ देखि असोज ११ सम्म गुल्मीको रिडीमा आयोजित महायज्ञमा महाराज उपस्थित हुने सुइँको पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गर्ने तयारी थालेको थियो ।

जिल्ला अदालत गुल्मीको फैसला कार्यान्वयन गर्न प्रहरी, प्रमुख जिल्ला अधिकारीको बैठकसमेत बसेको थियो । तर चलाख ठगले पक्राउबाट जोगिन न्यायाधिकरणको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थाहा पाएपछि प्रहरी पछि हट्यो । उनले पक्राउ परिने डरले नाम नै बालयोगेश्वर महाराज राखे ।

ठगी मुद्दाकै कारण महाराज गत वैशाखमा १९ दिन डिल्लीबजार कारागारमा थुनामा बसेका थिए । गत वैशाख १३ मा जेल परेर ३१ गते थुनामुक्त भएको डिल्लीबजार कारागारको अभिलेखमा देखिन्छ ।


 


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading