
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ मा सुक्खा पहिरो खसेर इन्द्रावती नदी थुनिएको छ । तपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुक्खा पहिरोले नदी थुनिएपछि तीन वटा पालिकाका १० वटा वडावासीहरू जोखिममा परेका छन् ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाका अनुसार जोखिममा परेको अस्पतालका सामग्री र स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ । सेनाको ईन्द्रध्वज गणबाट खटिएको फौजले अहिले त्यहाँका स्थानीयलाई सुरक्षित गन्तव्यमा सार्ने काम गरिरहेको जानकरी दिनु भयो ।
अहिले त्तकाल सुख्खा पहिरो आहिरहेको छ । यदि पहिरो एक्कासी आएको खण्डमा टिपेनी हस्पिटललाई भने कटान गर्न सक्ने जोखिम हुन सक्छ । पहिरो सामान्य रुपमा आएमा खोलाले बजाएर लैजाने हुनाले हाललाई समान्य रुपमा लिन सकिन्छ । पहिरोकाे स्वरुपकस्तो हुन्छ चन्नेमा भर पर्छ पालिका कर्मचारी युवराज भट्टराईले जानकारी दिनु भयो ।
थुनिएको नदी एक्कासी बग्न थालेमा बाढी आउन सक्ने हुँदा स्थानीय प्रशासनले पाँचपोखरी थाङपाल गाउँपालिका–७, ८, मेलम्ची नगरपालिका – ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका –१०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन सूचना जारी गरेको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.