पानी उत्पादक व्यावसायीको गुनासो : वाणिज्यले अनावश्यक दु:ख दियो

काठमाण्डौं- उपत्यकामा रहेका पानी उत्पादक कम्पनी संचालक तथा व्यावसायीहरुले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनावश्यक दु:ख दिएको भन्दै गुनासो गरेका छन् । पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी राखेर बिक्री–वितरण नगरेको समेत बताएका छन् ।

वाणिज्यले पानी उत्पादक कम्पनीहरुले जार तथा बोतलको पानीमा गुणस्तर कायम नगरी उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने गरेको भन्दै अनुगमनलाई तिब्र बनाएको छ । तर व्यवसायीहरुले विभिन्न बाहनामा वाणिज्यले दुःख दिएको गुनासो गरेका हुन् । व्यवसायीहरुले अनावश्यक रुपमा आफूहरुलाई दुःख नदिन वाणिज्यलाई अनुरोध गरेका छन् ।

उनीहरुले पानी व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन हरदम प्रयास गरेको र उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकुल हुने गरी कुनैपनि पानी उत्पादक कम्पनीले गुणस्तहिन तरिकाले जार तथा बोतलको पानी बजारमा नपठाएको बताएका छन् ।

यस विषयमा नेपाल बोटर वाटर उद्योग संघका पदाधिकारी समेत रहेका एक पानी उत्पादक कम्पनी संचालकले व्यवसायीको पीडा धेरै रहेको भन्दै वाणिज्य र काठमाण्डौं महानगरपालिकाले अनावश्यक रुपमा हैरानी दिएको बताएका छन् ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading