दुई व्यापारिक घरानाबीच ‘कर्पोरेट वार’ : के हो वाइवाइ र करेन्ट चाउचाउका उत्पादकबीचको विवाद ?

काठमाडौं – वाइवाइ र करेन्ट नामक बजारमा उपलब्ध दुई ब्राण्डका चाउचाउबारे तपाईं पक्कै परिचित हुनुहुन्छ होला । झट्ट हेर्दा यी दुई चाउचाउ उस्तैउस्तै प्याकेजिङमा देखिन्छन् ।

वाइवाइ लामो समयदेखि एकछत्र राज गरिरहेको ब्राण्ड हो भने करेन्टचाहिँ पछिल्लो समय आक्रामक बजार विस्तार गरिरहेको उत्पादन हो । वाइवाइ चौधरी ग्रुप अन्तरगतको सीजी फुड्सको उत्पादन हो भने करेन्टचाहिँ यशोदा फुड्सबाट उत्पादित चाउचाउ हो ।

यी दुई ब्राण्डका व्यापारिक घरानाबिच उत्कर्षमा पुगेकोमात्रै छैन उग्र बनेको छ । वाइवाइले करेन्ट चाउचाउले आफ्नो नक्कल गरेको आरोप आरोपमात्रै लगाएको छैन विवाद अदालतसम्म पुगेको छ । यतिसम्मकी दुबै व्यापारिक घराना एकअर्काविरुह हात धोएर लोगका छन् ।

वाइवाइले बजारमा एकछत्र राज गर्दै आएकोमा करेन्ट चाउचाउले धक्का दिन थालेपछि उनले करेन्टविरुद्ध अनेक रणनीति अपनाउँदै व्यापार डाउन गर्न खोजेको जानकारहरु बताउँछन् । ‘कर्पोरेट वार’ यतिसम्म झाँगिएको छ कि दुबै कम्पनीले आफूअनुकूलको प्रचारप्रसार समेत गराउँदै आएका छन् ।

पछिल्ला दिनमा सर्वोच्च अदालतलाई हवाला दिँदै वाइवाइले यशोदा फुड्सलाई ‘वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न’ आदेश दिएको बताउँदै आएको छ । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको वाइवाइको दाबी छ ।

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेको भन्दै यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको र उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको समेत वाइवाइको दाबी छ । तर, उक्त आदेशविरुद्ध यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्ने दावीका साथ सर्वोच्च अदालत गएको वाइवाइको तर्क छ ।

यही विषयमा सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको वाइवाइले दाबी गरेको छ ।
यस आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने वाइवाइको दाबी छ ।

यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा विक्रिवितरण गरिएमा अदालतको मानहानी गरेको मानिने समेत वाइवाइको दाबी छ । तर यशोदा फुड्सले भने ‘कानुन बमोजिम गर्नू’ भनी सर्वोच्च अदालतले दिएको आदेशको गलत व्याख्या भएको जिकिर गर्दै विज्ञप्ति जारी गरेको छ। सर्वोच्च अदालतका अनुसार पनि अधिवक्ता सोनु रौनियार निवेदक भएको उक्त मुद्दामा ‘कानुन बमोजिम गर्नू’ भन्ने विषय छ । जुन मुद्दा ट्रेडमार्कको अनाधिकृत प्रयोगमा रोक लगाउने भन्ने विवादसँग सम्बन्धित नै रहेको बताइएको छ ।

यो विषयमा शोदा फुड्सले करेन्ट चाउचाउको विषयमा अदालतको अवहेलनाजन्य दुष्प्रचार भएको बताउँदै यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्च अदालतले दिएको आदेशको गलत व्याख्या गरी ‘यशोदा फुडसको उत्पादनको विक्री वितरणमै सर्वोच्च अदालतले रोक लगाएको’ भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गर्ने काम भएको कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिअनुसार यशोदा फुडसले उद्योग विभागमा करेण्ट रेगुलर रु २० मा विक्री गर्ने चाउचाउको ५ प्याक भनि लेबल दर्ताका लागि आवेदन गरिएकोमा सिजी फुड्स (नेपाल)ले सो लेबलमा उत्पादन तथा विक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको उल्लेख छ । सो निवेदनमा उद्योग विभागले सिजी फुड्सको दावी नपुग्ने र यशोदा फुड्सले दर्ता माग गरेअनुसार २०८० जेठ २९ मा ट्रेडमार्क दर्ता गर्ने निर्णय गरेको थियो ।

‘सिजी फुड्सले सम्मानित उच्च अदालत पाटनमा पुनः उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन विक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरी दायर गरेको निवेदनमा सम्मानित उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाई गर्दै ‘यस अदालतबाट विवादित विषयमा अर्थात विपक्षीले दर्ता माग गरेको आवेदन नम्बर ०९२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा शुरु तहले गरेको निर्णयको न्यायिक परिक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो’ भनी भएको आदेशलाई सर्वोच्च अदालतबाट ‘कानुन बमोजिम गर्नू’ भनी भएको आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चार माध्यममा यशोदा फुडसको उत्पादनको विक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको कुरामा यशोदा फुडस प्रालिको गम्भीर ध्यानाकर्षण भएको छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यशोदा फुडसले उद्योग विभागबाट ट्रेडमार्क र लेबल दर्ता गरी नियम बमोजिम इजाजत प्राप्त लेबलहरुमा मात्र उत्पादन गरी आएको जनाएको छ । एक लेबल दर्ताको क्रममा भने विपक्षीले विरोध गरेकोले सो लेबलका विषयमा हालसम्म पनि उच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यशोदा फुडसले उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट कुनै मालवस्तु उत्पादन नगरेको स्पष्ट पारेको छ । कम्पनीले करेन्ट नामको ट्रेडमार्क र लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानूनभित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन गर्दै आएको स्पष्ट पारेको छ ।

आफ्नो लोगो करेन्टले प्रयोग गरेको दाबी गर्दै वाइवाइ उत्पादन गर्ने चौधरी ग्रुप अदालत गएपछि विवाद सतहमा आएको हो । यसको अर्थ हो, गतवर्षको जेठ २९ गते उद्योग विभागले करेन्टको पक्षमा गरेको निर्णयविरुद्ध वाइवाइ अदालत जानु। अर्थात वाइवाइको लोगो करेन्ट चाउचाउले गर्न नमिल्ने वाइवाइको जिकिर रहँदै आएको छ ।

ट्रेडमार्क भनेको नपढेका वा आँखाको दृष्टि क्षमता कमजोर भएका व्यक्तिहरूलाई परबाट सामान चिन्न सहज होस् भनेर बनाइएको व्यावसायिक लोगो वा चित्र हो । तर, करेन्टको लोगो आफ्नोसँग मिलेको वाइवाइको दाबी छ । एकअर्काले अदालतलाई देखाएर यो विवाद थप तन्किने संकेत देखिएको छ । तर, धेरैले यो विवादमा वाइवाइले अनावश्यक बखेडा झिकेको रुपमा चित्रित गरेका छन् ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading