
काठमाडौं । नेपाल संगीत उद्योग संघमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले छापा मारेको छ । नक्कली कलाकार र गायकको कागजात बनाएर अष्ट्रेलिया पठाएको बाहिरिएपछि ब्यूरोले अनामनगरस्थित कार्यालयमा छापा मारेको हो ।
ब्यूरोले कागजातहरू बरामद गरेको छ । ब्यूरोले अहिलेसम्म कसैलाई पक्राउ भने गरेको छैन । ब्यूरोका प्रवक्ता एवं एसपी गौतम मिश्रले भने, ‘कागजात बरामद गरेका छौं, अनुसन्धान गर्छौ ।’
ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार २० लाख रुपैयाँ बुझाए कलाकार बनाएर अष्ट्रेलिया पठाउने भन्ने अभिव्यक्ति अध्यक्ष राना मगरले दिएपछि संगीत उद्योगसँग अनुसन्धानमा तानिएको बताए ।
‘२० लाख बुझाएर अष्ट्रेलिया पठाइदिने भनेर उहाँले बोल्नु भएको रहेछ। तर, आफूले बोलिएका अन्य अंशहरु काटेर त्यो मात्रै सार्वजनिक गरिएको उनको दाबी छ । थप विषय अनुसन्धानबाट खुल्नेछ ।’ ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले अनलाइनखबरसँग भने ।
अहिलेसम्म भने मानव बेचबिखन तथा ओसार पसार पुष्टि हुनेगरी कुनै डकुमेन्ट फेला नपरेको प्रहरीले जनाएको छ । बरामद गरिएको सीपीयू लगायतबाट केही प्रमाणहरु भेटिन सक्छन् भन्ने हिसाबले अनुसन्धान अघि बढाइने उनले बताए ।
कागजात तथा सीपीयु बरामद गरिए पनि संघका अध्यक्ष राना मगरलाई पक्राउ गरेर अहिले म्याद थप गर्ने पक्षमा प्रहरी छैन । ‘अहिले नै पक्राउ परेर मुद्दा चलाइहाल्नुपर्ने प्रमाण भेटिएको छैन । प्रमाण भेटिएका बखत उहाँलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइन्छ’, एसपी मिश्रले भने ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.