नव विवाहिता युवतीको मध्यराति शंकास्पद मृत्यु, बरण्डामा शव

महोत्तरी । महोत्तरीमा एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिनादेवी रायको मंगलबार मध्यराति शंकास्पद मृत्यु भएको हो । माइत पक्षले भने दाइजोको निहुँमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ ।

घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो । प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवालले बताए । डिएसपी जयसवारका अनुसार पति रोहनले राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वर उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएका छन् ।

माइत पक्षले भने आफूहरु पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकाले छोरीको हत्या भएको दाबी गरेको छ । रिना मंगलबार मात्रै माइतबाट घर फर्किएकी थिइन् । मृतक रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पोष्टमार्टमपछि मात्र के कारणले मृत्यु भएको खुल्ने डिएसपी जयसवारको भनाइ छ । घटना सामान्य भएको बताउँदै प्रहरीले भने कसैलाई पनि पक्राउ गरेको छैन ।

धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको गत वैशाख १९ गते सामाजिक परम्परा अनुसार रोहनसँग भएको थियो । जसमा माइती पक्षले लत्ता, कपडा, भाडा बर्तन, फर्निचर, सुन, चाँदीका गहना तथा नगद गरी जम्मा १५ लाख खर्च गरेको बुबा नवलले बताए ।

विवाहको केही दिन दाम्पत्य जीवन राम्रै चले पनि पछिल्लो समय थप दाइजो माइतबाट ल्याउन भनी छोरी रिनालाई पतिसहित घरपरिवारले निरन्तर झैझगडा, कुटपिट तथा यातना दिने गरेको बुबा नवलले बताएका छन् । बुबा नवलका अनुसार घटना भएको एकदिन अघि रक्षाबन्धनमा छोरी माइत आएकी थिइन् । निराश देखिएकी छोरी रिनाले आफूलाई थप दाइजोको लागि कुटपिट गर्ने गरेको बताएपछि भोलिपल्ट मंगलबार आफैं गएको बुबा नवलको भनाइ छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading