पूर्वमन्त्री बस्नेतको धम्की : सिन्धुपाल्चोकमा ढुंगाखानी चलाउन खोजे ‘लाइफ ड्यामेज’ बनाई दिन्छु, तर बाँयाका सहपाठीले चाउँछन् अवैध ढुंगाखानी !

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा अवैध ढुंगाखानी सञ्चालन गर्नेहरूले तत्काल काम नरोके ‘लाइफ ड्यामेज’ बनाई दिने चेतावनी दिएका छन् ।

सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बस्नेतले जिल्लामा अवैध रुपमा ढुंगाखानी सञ्चालन जारी रहेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले ढुंगाखानीको कारण पहिरो गइरहेकोले यसलाई रोक्नुपर्ने पनि बताए। ‘ढुंगाखानीको कारण पहिरो गइरहेको छ।  उनले स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासनको मिलिमतोमै ढुंगाखानी उत्खनन् हुने र बाढी पहिरोको जोखिम बढिरहने भएको पनि बताए।

उनले ढुंगाखानीको कारण पहिरो गइरहेकोले यसलाई रोक्नुपर्ने पनि बताए। ‘ढुंगाखानीको कारण पहिरो गइरहेको छ। अहिले पनि म ढुंगा खानी सञ्चालन रोक्न खोज्छु अरु साथीहरू चलाउन खोज्छन्,’ बस्नेतले भने, ‘अब म अरु केही भन्दिनँ। अब आइन्दा ढुंगा खानी पुलिस, प्रशासन, नेताले ढुंगाखानी चलाउने कुरा पास गर्ने काम नगर्नुहोला गर्न थाले म कारबाही गर्छु। लाइफ ड्यामेज गर्छु अब।’ नेता बस्नेतले भने ।

जव की, उनका सह-पाठीहरु पनि ढुंगाखानी चलाउदै आएका छन् । तर बाँया हातले चाउँछन् अवैध ढुंगाखानी भन्दा फरक पर्दैन । किन कि, प्रदेशसभा सांसद कृष्ण कुमार तमाङ ‘समिर’ ले मेलम्ची नगरपालिका -१ भोटेचौर  पाटी गाउँमा अवैध ढुंगाखानी सञ्चालन गर्दै आएका हुन् । हाल स्थानीयको अवरोध पछि केहि समयका लागि उनी  पछि  हटे पनि  स्थानीय तहमा सञ्चालका लागि दवाब दिदै आएकाे स्रोतको दावी छ ।

सांसद ‘समिर’ ले मेलम्ची आयाेजनामा काम गरेका मजदुर र ठेकेदारको भुक्तानी अझै पुरा दिन सकेका छैन्न् । चुनाव अगाडी भुक्तानी दिइ सक्नु पर्ने थियो  तर त्यही पैसा चुनावमा खर्च र टिकटका लागि दान गरे पछि उनैका पार्टी नेपाली कंग्रेसका कार्यकर्ता कामदार भुक्तानी नपाएको गुानसो गर्छन् । भुक्तानी दिए नदिएको सांसद ‘समिर’ ले नै जानुन् ।

पूर्वमन्त्री बस्नेतको धम्की पूर्ण अभिव्यक्तिले आफ्ना दाया/वायाँका सहपाठीहरुलाई चिड्यार सिन्धुपाल्चोकमा ढुंगाखानी चलाउन खोजे ‘लाइफ ड्यामेज’ बनाई दिन्छु भन्नु आफैमा  हास्यासपद र हेको स्थानिय बुद्धिजिवीहरु बताउँछन् । पूर्वमन्त्री बस्नेत नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्र कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिए पात्र हुन् ।

सांसद मोहन बस्नेतको जबरजस्ती  १२ करोड नदिँदा रोकियो मध्य-भोटेकोशीको काम नामक शिर्षक निकै चर्चामा रह्ये । आफूले मागेको रु.१२ करोड नपाएपछि पूर्वमन्त्री तथा सिन्धुपाल्चोक–२ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले विभिन्न बहानामा मध्य–भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए जनु आज पनि ताजा नै छ ।

सिन्धुपाल्चोकमा अधिकांश क्रसरमा नेताहरूकै लगानीमा छ । कति पए गुप्त रूपमा छ भने कतिमा खुल्लम खुल्ला छ ।

एक असल र इमान्दार राजनेताले बोल्नु र भन्नु पर्ने  बिषय यहि नै हो । तर, आफ्नो अंगमा भैसी नदेख्ने अरुको आङ्गमा  गुम्रा देख्ने प्रविधिको विकास हुनु गलत हो । आजका आम नागरिक सचेत र सजक बनेका छन् भन्दा फरक नपर्ला !

 


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading